सामाजिक अभियानता सुवेदीको निधन

सुर्खेत, ६ असोज ।
लामो समय विभिन्न गैरसरकारी संघ संस्थामा आवद्ध भएर सामाजिक कार्यमा सक्रिय सामाजिक अभियान्ता ओम प्रकाश सुवेदीको निधन भएको छ । वीरेन्द्रनगर–१२ नेवारे, चनौटे निवासी सुवेदीको उपचारको क्रममा मंगलबार अपराह्न १ः३० बजे हयाम्स अस्पताल काठमाडौंमा निधन भएको हो ।

सुर्खेतमा कुशल समाजसेवीको रुपमा क्रियाशील साहारा क्याम्पस सुर्खेतका वर्तमान अध्यक्ष ओम प्रकाश सुवेदीको आज निधन भएको छ । जिल्ला बाल संगठन सुर्खेतका वर्तमान सभापति, ग्रामीण जागरण बचत तथा ऋण सहकारी लिमिटेडका संस्थापक तथा वर्तमान अध्यक्ष, समाज जागरण केन्द्र (स्याक) नेपाल का संस्थापक तथा पुर्व महासचिव, जागरण बहुउद्देश्यीय सहकारी लिमिटेडका पुर्व अध्यक्ष, सुवेदी कल्याण प्रतिष्ठान, सुर्खेतका वर्तमान अध्यक्ष, नेप्सकुनका कर्णाली प्रदेश सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
नेकपा एमाले सुर्खेतका तत्कालीन जिल्ला निर्वाचन परिचालन समीति सदस्य, जिल्ला प्रतिनिधि परिषद्को पूर्व सदस्य एवं युवा नेता सुवेदीको निवास वीरेन्द्रनगर–१२, नेवारेमा बुधबार विहान ११ बजे देखि श्रद्धान्जली कार्यक्रम हुने भएको आफ्न्तले जनाएका छन् ।






