मिल्ने साथीसँग आलियाले मनाइन् छुट्टी,

बलिउड अभिनेत्री आलिया भट्ट सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । विशेषगरी आफ्ना मिल्ने साथीहरुको उनी सामाजिक सञ्जालमार्फत प्रशंसा गर्ने गर्छिन् । आलियाले हालै सोसल मिडियामा सार्वजनिक गरेको एउटा तस्बिर अहिले चर्चामा छ । उनले साथीहरुसँग छुट्टी मनाउन जाँदाको फोटो शेयर गरेकी हुन् ।

आलिया र उनका साथीहरू यो फोटोमा अत्यन्तै हट देखिन्छन् । आलियाले तस्बिरमा गुलाबी रंगको बिकिनी र सेतो पारदर्शी शर्ट लगाएको देखिन्छ । यही, उनकी साथी आकांक्षा बैजनी रंगको बिकिनीमा देखिन्छन् ।

को हुन् आलियाकी सबैभन्दा मिल्ने साथी
आकांक्षा रञ्जन आलियाकी सबैभन्दा मिल्ने साथी हुन् । उनीहरु बाल्यकालदेखिकै साथीहरू हुन् । पार्टी वा अन्य समारोहमा पनि आकांक्षा प्रायः आलियासँगै देखिन्छिन् ।






