गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यहरूले हस्ताक्षर गरी बिहीबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ। हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १४, माओवादी केन्द्रका ११ र जसपाका २ जना सदस्य छन् ।

गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र २ ज‍ना स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ ।

सरकारले बुधबार मध्यरातदेखि लागू हुने गरी चालु अधिवेशन अन्त गरिसकेको छ। अधिवेशन अन्त्य भए पनि अविश्वासको प्रस्ताव दर्ता गर्न सकिन्छ। तर, विशेष अधिवेशन नबोलाएसम्म पेश भएको अविश्वासको प्रस्ताव सांसदमा पेश हुन पाउँदैन ।

संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरे विशेष अधिवेशन बोलाउनुपर्ने हुन्छ। गण्डकीमा १५ सांसद रहेको कांग्रेसले मात्रै चाहेमा पनि अधिवेशन बोलाउनुपर्ने हुन्छ। यससँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गर्ने तयारी पनि भइरहेको बताइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

आमा बन्दै ऋचा शर्मा भन्छिन्: मेरो धडकनभित्र

Leave a comment

Your email address will not be published. Required fields are marked *