कांग्रेसद्वारा ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सोमबार थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए। कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ।

आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा समितिमा उजुरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको उनले बताए।

आगामी असार ६ गतेपछि प्राप्त भएका उजुरीउपर कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ। सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकरणतर्फका जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ।

सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफूअन्तर्गतका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपि तथा आवश्यक विवरण एक हप्ताभित्र अनिवार्यरुपमा केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले निर्देशन दिएको छ।

कांग्रेसद्वारा ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक

वामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता

कांग्रेसद्वारा ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक

जसपाले सोध्यो आफ्ना मन्त्रीलाई ७ दिने स्पष्टीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *