वामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ।

सोमबार बिहान गौतम निवास भैंसेपाटीमा गौतम र पौडेलबीच भेटवार्ता भएको उपप्रधानमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए।

‘उहाँहरुको घर नजिकै छ। सबै भेटवार्ता भइरहेको हुन्छ,’ उनले भने, ‘आज पनि उहाँहरुबीच भेटवार्ता भएको हो। पार्टीको विवादको विषयमा पनि छलफल गर्र्नुभयो।’

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहबीचको टकराबको कारणले एमाले विभाजनको डिलमा छ। शीर्ष नेतृत्वमा विवाद रहे पनि दुवै पक्षले लचकता अपनाएर पार्टी एकतालाई बचाउनुपर्ने भन्दै दोस्रो तहका नेताहरुले जोड दिइरहेका छन्।

वामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *