जोकोभिचले जिते १९औं ग्रान्डसलाम

एजेन्सी ।  नोभाक जोकोभिचले करिअरको १९ औ ग्रान्डसलाम जितेका छन् । सर्वियन विश्व नम्बर एक जोकोभिचले ग्रिसका २२ वर्षीय स्टेफानोस सितसिपासलाई कठिन संघर्षमा पछि पार्न सफल रहे। उनले ६-७ (६-८),२-६, ६-३, ६-२, ६-४ ले पराजित गरे। यी दुईबीच उपाधि भिडन्त ४ घन्टा बढी चलेको थियो।

जितसँगै ३४ वर्षीय जोकोभिचले टेनिस इतिहासमा सबै चार ग्रान्डसलाम २-२ पटक जित्ने तेस्रो खेलाडीको कीर्तिमान बनाए। यसअघि यो उपलब्धि रोय इमरसन र राड लेवरले हासिल गरेका थिए।

जोकोभिचको यसअघि २०१६ मा पहिलो पटक फ्रेन्च ओपन जितेका थिए। सर्वाधिक धेरै फ्रेन्च ओपन जित्ने कीर्तिमान राफेल नाडालको नाममा रहेको छ।

नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन्। जोकोभिच अब सर्वाधिक ग्रान्डसलाम जित्ने कीर्तिमान बनाएका राफेल नाडाल र रोजर फेडेरर भन्दा १ ग्रान्डसलाम टाढा छन्।

फेडेरर र नाडालका नाममा समान २०-२० ग्रान्डसलाम टाइटल रहेको छ। जोकोभिचले करिअरमा दोस्रो पटक २ सेट गुमाएर खेल आफ्नो पक्षमा पार्न सफल भए।

जोकोभिचले जिते १९औं ग्रान्डसलाम

कोपा अमेरिका : कोलम्बियासँग इक्वेडर पराजित

जोकोभिचले जिते १९औं ग्रान्डसलाम

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *