कोपा अमेरिका : कोलम्बियासँग इक्वेडर पराजित

एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बियाले इक्वेडरलाई पराजित गरेको छ। समूह ए अन्तरगत आज विहान भएको खेलमा कोलम्बियाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेकाे हाे।

निकै प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाले इक्वेडरलाई हराएको हो। पहिलो हाफको ४२ औं मिनेटमा कोलम्बियाका एडविन कारडोनाले गरेको गोल नै निर्णायक बन्यो।

यस अघि आज राति भएको उद्घाटन खेलमा आयोजक ब्राजिलले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको थियो।

प्रतियोगिता अन्तरगत आज राति पौने तीन बजे अर्जेन्टिना र चिलीबीच खेल हुने छ। यस्तै भोलि विहान पौने पाँच बजे पाराग्वे र बोलिभिया भिड्ने छन्।

कोपा अमेरिका : कोलम्बियासँग इक्वेडर पराजित

आयोजक ब्राजिलले कोपा अमेरिकामा भेनेजुएलालाई हरायो

कोपा अमेरिका : कोलम्बियासँग इक्वेडर पराजित

जोकोभिचले जिते १९औं ग्रान्डसलाम

Leave a comment

Your email address will not be published. Required fields are marked *