राजनीति

सिम्ताका शाहीले जन्मदिनकाे अवसरमा धार्मिक क्षेत्रमा लगानी

दुर्गा विसि/मंसिर,७ सुर्खेत : जन्मदिकाे अवसरमा सिम्ताका युवा नेता लाेकवहादुर शाहीले उदाहरणीय काम गर्दै आएका छन् ।

यश भन्दा अघिल्लो वर्षहरुमा विद्यालयहरुमा अक्षकोष स्थापना गर्दै आएका शाहीले यसपालिकाे जन्मदिनमा अाफ्नै वडाको धार्मिक स्थलमा तारवार र गेट निर्माणकार्य गरेका छन् । जन्मदिनको अबसरमा सिम्ता गाउँपालिका वडा ३ मा रहेको देउलिबजार धार्मिक स्थलमा गेट सहित तारबारले घेरबार कार्य गरेका छन् ।

याे याेजनाका लागि उक्त धार्मिक स्थलमा २५ हजार खर्चेर उक्त कार्या गरेका छन् । जन्म दिने मनाउने उदेश्यले उनलेे प्रत्येक वर्ष धार्मिक स्थल,सार्वजनिक क्षेत्र,गरिबी विद्यार्थीलाई मात्रै केही आर्थिक सहयोग गर्ने गरेका छन् । सिम्ता गाउँपालिका वडा नं ३ का एमाले वडा सचिव,वडाका जनप्रतिनिधि वडा सदस्य ,सबैका पृय युवा,समाज सेवि तथा नेरा मावि लापुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत हुन ।

उनलेे वडा सदस्यकाे तलव जन्मदिनकाे अवसरमा समाजिक क्षेत्रमै खर्चने गरेका छन् ।यश भन्दा पहिले पनि उनलेे लाखौंकाे रकम खर्चेर सामाजिक क्षेत्रमा काम गरि उदाहरणीय कार्य गर्दै आएका छन् ।जनप्रतिनिधिकाे तलव र अाफ्नाे अन्य व्यक्तिगत लगानीमा उनलेे वर्षेनि जन्मदिनकाे अवसरमा समाजमा अब्बल काम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया