घुँत्रयाे : हैन ! कर्नालीमा पहिलाकी कृषि मन्त्री पदमुक्त भएसी त उनले बाँड्या पैसा हिसाब किताब त भक्काभक सामाजिक सन्जालाँ आउन लायो त हँ

हैन ! कर्नालीमा पहिलाकी कृषि मन्त्री पदमुक्त भएसी त उनले बाँड्या पैसा हिसाब किताब त भक्काभक सामाजिक सन्जालाँ आउन लायो त हँ । आफ्ना कार्यकर्ताका नाममा पैसा बाँड्न असाध्यै रुचाउने पूर्वमन्त्री विमला केसीज्युले पैसा बाँड्ने गरेको कुरा सुन्नमा नआ त हैन ।
तर किन हो कुन्नी पत्रकारहरुलाई फुर्सद नभएर हो कि ? त्यो कुरा समचार नबन्ने भएर हो, त्यत्ति समाचाराँ देख्खिएन नी । तर अहिले भने मज्जाले भिडियोमै हेर्न पाइया छ । कहिले भैंसीकाण्ड अनि कहिले छाडा गाईवस्तु काण्डले भाइरल भएको कर्नालीको भष्टाचार अख्तियारका लागि भष्टाचार नभएनी जनता लागि चाइँ भष्टाचारै हो ।
वीरेन्द्रनगरका केपी व्यवसाहीका किस्नप्रसाद हुन् वा बराहतालका हातेमालो कृषि तथा पशुपालन सहकारी संस्थाले छाडागाई पालनका लागि लगेको ३६ लाख ६५ हजार रुप्पियाँ होस् । दुबैमा भष्टाचार भएका छन ।
सडकमा रहेका चौपाया पालन गर्ने भनेर पैसा लैजाने तर चौपाया नपालेर रकम हिनामिना गरेसी त्यल्लाई भष्टाचार त भन्नू पर्याे हैन र ? पैसा लिने बेलाँ २१ वटा पशुचौपाया देखाउने । तर पैसापाइ सकेसी तिनलाई लखेटेर अर्कै धन्दा सन्चालन गरेछि त्यो संस्थालाई के भन्ने ?
संस्थाका तिर्थ बस्नेतका सोझा कुरा सुन्दा संस्था संचालकहरुले रकम त ल्याए, गाई पनि पाले । बिस्तारै तिनलाई हटाएर भैंसीपालन गर्या कुरा गरे । त्यसकारण पनि कृषि मन्त्रालयको लगानी विगताँ कसरी बालुवाँ पानी भो बुझ्नेले सबै बुझि सक्याछन् ।
सामाजिक सन्जालाँ सम्चार आएछि सरकारलाई तातो लाग्लाकी नलाग्ला कुरा त्याँ छ । माओवादी कार्यकर्ताका नाममा पैसा बाँड्ने परम्परा बसाउँदा अहिले बर्सेनि माओवादीका मन्त्रीहरूले चला मन्त्रालयाँ बाँड्ने गर्या पैसा र तिनहरुका कार्यकर्ताले सरकारी ढुकुटीलाई आफ्नै वपौति सम्झिएर कर्मचारी र नेतालाई थर्काएर जसरी पैसा लैजान्छन् त्यसलाई देख्दा सारै दिक्क लाएर आउँछ ।
के गर्नु कर्नाली जनताका नाममा कति अपमानित हुनु । साँच्चै मुख्यमन्त्रीले कार्यकर्तालाई त्यसरी नै प्रस्तुत हुन तालिम देका होलान् । कालिकोटका नाममा मुख्यमन्त्रीको बदनाम गरिया होला ? मुख्यमन्त्रीको दृष्टि किन त्यता नपुग्या होला ? के यो कार्यकाल यसरी नै चल्ला त ! जयहोस् तपाइँहरुको !
-वेदर्षि






