स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग

कालिकाेट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा कोभिड–१९ लाई मध्यनजर गर्दै गाउँपालिकालाई स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग गरिएको छ । नेपाल रेडक्रसले करिब १० लाख भन्दा बढिको विभिन्न स्वास्थ्य सामाग्री तथा उपकरण नरहरिनाथ गाउँपालिकालाई सहयोग गरेको हो ।

प्राथामिक स्वास्थ्य केन्द्र कुमालगाउँमा रहेको आइशोलेशन सैनटर र गाउँपालिकालाई स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको लकजम्बर रेडक्रस कालिकोटको सहभागितामा स्वास्थ्य संस्थाहरुमा सामग्री तथा उपकरण प्रदान गरिएको रेडक्रस जिल्ला कार्य समितिका सदस्य तपेन्द्र महताराले जानकारी दिए।

समुदायमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस लाई समुदायस्तरमा कोभिडलाई न्यूनिकरण गर्नुका साथै समुदाय स्तरमा कम फैलिन दिनका लागि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन सामग्री तथा उपकरण सहयोग गरिएको महताराले बताए  ।

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य शाखा प्रमुख, डाक्टर तथा प्रतिनिधिहरुको उपस्थितिमा गाउँपालिकालाई नेपाल रेडक्रस सोसाइटी कालिकोटका सभापति बल प्रसाद संज्याल सामाग्री हस्तान्तरण गरेका हुन्  । १० लाख मुल्य भन्दा बढीको आइस बोर्ड, वर्थिङ बेड, वेड मेसिन, थर्मोमिटर, लाइटर, चेतना मुलक फ्ल्यास बोड, लगायतका अन्य सामग्री र विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको थियो । रेडक्रसले यस अघि नरहरिनाथ गाउँपालिकामा विपद् व्यवस्थापन गर्नका लागि विभिन्न सामाग्री सहयोग गरिदिएको थियो ।

कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर विष्टले गाउँपालिकामा भइरहेको सहयोगले सेवामा सुधार आएको बताए । गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले आवश्यक सामग्री पाउँदा गाउँपालिकामा केही हदसम्मको स्वास्थ्य सामाग्रस्को अभाव टरेको बताए । गाउँपालिकामा नै अभाव रहेका सामग्री सहयोग प्राप्त हुँदा खुसी भएको भन्दै स्वास्थ्यकर्मीले यसको उपयोगिता बुझनु पर्ने बताईएको छ ।

स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग

बाख्रा वितरणमा मापदण्ड नपुगेकाे भन्दै किसानले गरे

स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग

जसले सपना पूरा गर्न दियालो बालेर रातभर

Leave a comment

Your email address will not be published. Required fields are marked *