युरोकप आजदेखि, कुन रंगशालामा कति दर्शक ?

काठमाडाैं । युरो महाकुम्भ आजबाट सुरु हुँदै छ। रोममा हुने खेलको सुरुवात इटाली र टर्की बीचको खेलबाट हुने छ। प्रतियोगिताको उद्घाटनका लागि १६ हजार दर्शकलाई अनुमति दिएको छ। यो सङ्ख्या स्टेडियो ओलम्पिकोको एक चौथाइ हो।

जहाँ विभिन्न ११ देशका ११ सहरमा प्रतियोगिता हुनेछन्। जसमा ११ भेन्युमा दर्शक राख्ने अनुमति दिइएको छ। युइएफएका अनुसार सेन्ट पिटर्सवर्ग र बाकु सहरका रङ्गशालामा कुल क्षमताको ५० प्रतिशतसम्म दर्शक राख्न पाइनेछ।

त्यस्तै बुडापेस्टले रंगशाला भरिनेगरी दर्शक राख्ने लक्ष्य राखिएको छ। एम्स्टरड्याम, बुचारेस्ट, कोपेनहेगन, ग्लासगो, रोम र सेभियाले २५ देखि ४५ प्रतिशतसम्म दर्शकहरू राख्ने तयारी गरेको छ।

लन्डनले कम्तीमा २५ प्रतिशत तथा म्युनिखले झन्डै २२ प्रतिशत दर्शक राख्ने लक्ष्य लिएका छन्।

युइएफएले रंगशालामा कति दर्शक छिराउने भनेर ग्यारेन्टी दिन अस्वीकार गर्दा डुब्लिन र बिल्बाओले आयोजनाको अवसर पाएनन्। जसका कारण बिल्बाओबाट सेभिया खेल सारियो भने डुब्लिनका लागि तय भएका खेलहरू लन्डन र सेन्ट पिटर्सवर्गमा सारियो।

कोरोना महामारीका कारण प्रतियोगिताको आयोजनापछि सारिए पनि युइएफएका अध्यक्ष अलेक्स्यान्द्रर सेफेरिन सुरक्षा अवस्थालाई लिएर आशावादी देखिएका छन्।

उनले कोरोनाबाट युरोप सुरक्षित बन्दै गएको सन्देश दिँदै फुटबल युरोपमा फर्किएको देखाउने बताए। यद्यपि उनले स्वास्थ्य सुरक्षामा कुनै कम्प्रमाइज नगर्ने बताए।

युरोकप आजदेखि, कुन रंगशालामा कति दर्शक ?

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार

युरोकप आजदेखि, कुन रंगशालामा कति दर्शक ?

३७ सय ५० संक्रमित थपिए, ६७ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *