गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

 पाेखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । ​

मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।

नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् ।

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

कर्णालीमा एमालेका मन्त्रीले राजीनामा दिनुपर्छ : प्रमुख

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

युरोकप आजदेखि, कुन रंगशालामा कति दर्शक ?

Leave a comment

Your email address will not be published. Required fields are marked *