कर्णालीमा एमालेका मन्त्रीले राजीनामा दिनुपर्छ : प्रमुख सचेतक शाह

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सरकारमा सहभागी एमालेका मन्त्रीले कर्णाली सरकाबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले उहाँहरूले सर्वोच्चमा दिएको रिटका आधारमा फैसला आएको र अदालतको निर्णयअनुसार सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताए । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका चार प्रदेशसभा सदस्यलाई नेकपा एमालेले पार्टीको विधानविपरीत गएको भन्दै कारबाही गरेको थियो ।

एमालेद्वारा कारबाही गरिएका चार जनालाई सर्वोच्च अदालतले पुनर्नहाली गरेको छ। कारबाहीमा परेका चार जनामध्ये हाल कर्णाली सरकारमा तीन जना मन्त्री रहेका छन् । सर्वोच्च अदाललते बिहीबार कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेले कारबाही गर्दा पदमुक्त भएका कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न आदेश दिएको थियो। उनीहरूलाई प्रदेश सभाको सदस्य र एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन भनिएको छ।

उनीहरुले यसअघि पार्टीको ह्विप उल्लङ्घन गर्दै फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रनिकट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेशसभामा विश्वासको मत दिएका थिए। जसका कारण शाहीको सरकार जोगिएको थियो।

कर्णालीमा एमालेका मन्त्रीले राजीनामा दिनुपर्छ : प्रमुख सचेतक शाह

कर्णालीमा एमालेद्वारा संसद अवरुद्ध, आधा घण्टाका लागि

कर्णालीमा एमालेका मन्त्रीले राजीनामा दिनुपर्छ : प्रमुख सचेतक शाह

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds