अनुगमनपछि पिडितलाई क्षतिपुर्ति दिने : प्रधानमन्त्री देउवा

सुर्खेत । देशभर तगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

बिहिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थपराहत दिने बताएका हुन् ।

सुदुरपश्चिम प्रदेशको बाढिप्रभावित क्षेत्रमा अनुगमनका लागि हिडेका प्रधानमन्त्री देउवा सुर्खेत विमानस्थल करिब आधाघण्टा झरेका थिए । बिहान करिब पउने दशबजे सुर्खेत विमानस्थल झरेका देउवाले देशभर बाढि तथा पहिरोको कारण ठुलो क्षति भएको भन्दै सरकारले उचित क्षतिपुर्ति दिने आश्वासन दिए । उनले सबै क्षेत्रमा अनुगमनपछि मात्रै क्षतिपुर्ति दिने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी लगाएतका विभागिय मन्त्रीहरुसंग समेत गोप्य छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया