कोरोना भाइरसको संक्रमणले मानसिक रोगीको संख्या बढ्दै

सल्यानमा मानसिक रोगका विरामी बढ्दै गएको पाइएको छ। पछिल्लो समय फैलिएको कोरोना भाइरसको संक्रमणले झनै मानसिक रोगीको संख्या बढेको देखिएको हो।

सल्यान जिल्ला अस्पतालका अनुसार दैनिक १५ देखि २० प्रतिशत बिरामीमा कुनै न कुनै किसिमको मानसिक रोग देखिने गरेको छ। कोरोना भाइरस, मादक पदार्थ सेवन, महिला हिंसा, घरेलु हिंसा, वैदेशिक रोजगारी लगायतका कारण जिल्लाका मानसिक बिरामी हुने गरेको अस्पतालका डा. प्रदीप शर्माले बताए।

सरकारले मानसिक रोगको औषधि निःशुल्क प्रदान गर्नुका साथै मनोपरामर्श दिँदै आएको उनको भनाइ छ।

सहरीकरणसँगै बढेको महत्वाकांक्षा पूरा नहुनु, व्यवसायमा असफलता, पारिवारिक बेमेल, लगायतका कारण मानसिक समस्या दिन प्रतिदिन बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए। मानसिक समस्याका कारण आत्महत्या, हत्या तथा आपराधिक क्रियाकलाप समेत बढेको थापाको भनाइ छ।

स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहने, औषधि र मनोपरामर्श सेवा लिएमा यसलाई केही कम गर्न सकिने उनले बताए। मानसिक रोगलाई सामान्य रूपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको सल्लाहअनुसार उपचार गरेमा बिरामीको अवस्थामा सुधार ल्याउन सकिने उनको भनाइ छ।

मानसिक रोग एकपटक लागेपछि पुनः दोहोरिने भएकाले घरपरिवार, समाजले परामर्श दिन आवश्यक रहेको सिएमी नेपालका मनोपरामर्शदाता लोकबहादुर विकले बताए। विकले दैनिक जीवनमा आउने कठिनाइ सामना गर्ने क्षमताको कमी र उनीहरूमा सकारात्मक मनोपरामर्शको अभाव देखिएको बताए।

परिवारका कुनै सदस्यलाई मानसिक रोग लागेमा परिवारका अन्य सदस्यले लुकाएर राख्ने र अरूलाई भन्नु हुँदैन लाज हुन्छ भन्ने मान्यताले पनि मानसिक रोगीको संख्या बढ्दै गएको उनको भनाइ छ। मानसिक तनाव, बहुविवाह, आत्मग्लानि, महत्वाकांक्षा र गरिबीका कारण वर्षेनि मानसिक रोगीको संख्या बढेको विकको भनाइ छ।

कोरोना भाइरसको संक्रमणले मानसिक रोगीको संख्या बढ्दै

‘बैंकमा जागिर खाने रहर थियो’

कोरोना भाइरसको संक्रमणले मानसिक रोगीको संख्या बढ्दै

हाम्रो देशका ट्राफिक पुलिस सारै बाठा

Leave a comment

Your email address will not be published. Required fields are marked *