मुख्यमन्त्री शाक्यले आज विश्वासको मत नलिने

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन् ।

यसअघि आज बस्ने प्रदेशसभाको नवौं अधिवेशनको संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिएको थियो । तर, आज बस्ने संसद बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल गर्ने तयारी छ ।

अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गते (भोलि) सम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो ।

अल्पमतमा परेको ३० दिनभित्र संसदमा विश्वासको मतको प्रस्ताव टेबुल गर्नुपर्ने भएकोले आज बस्ने प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मतको प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत भने दशैंपछि मात्रै लिने तयारी गरेको बुझिएको छ ।

एमालेको एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनमा १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी थिइन् ।

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत नलिने

आइपिएलस् फाइनल प्रवेशका लागि चेन्नई र दिल्ली

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत नलिने

‘बैंकमा जागिर खाने रहर थियो’

Leave a comment

Your email address will not be published. Required fields are marked *