सल्यान कारागारमा भवन अभाव, थुनुवा राख्न समस्या

सल्यान : भवनको अभाव हुँदा जिल्ला कारागार सल्यानमा थुनुवा राख्न समस्या भएको छ। सरकारले निषेधाज्ञापछि ल्याइएका थुुनुवालाई छुट्टै राख्न निर्देशन दिए पनि भवनको अभाव भएको त्यो सम्भव नभएको जेलर बलबहादुर केसीले बताए।

कारागारमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै निषेधाज्ञा लागू भएपछि ल्याइएका थुनुवाहरुलाई छुट्टै राख्न परिपत्र गरेको भएपछि भवनको अभाव हुँदा अन्य कैदीबन्दीसँगै राख्नुपर्ने बाध्यता रहेको जेलर केसीले बताए। जिल्ला अदालतबाट कारागार चलान गरेका केही कैदीबन्दीको कोरोना परीक्षण गरेर पठाउने गरेको भए पनि खासै प्रभावकारी नदेखिएको उनको भनाइ छ। रिर्पोट आउन समय लाग्ने र रिपोर्ट नआउदासम्म थुनुवालाई राख्ने ठाउँ अभाव रहेको बताए।

यस्तै, कोरोना संक्रमण फैलिने भन्दै कारागारका कैदीबन्दीसँग भेटघाट बन्द गरिएको छ। भेटघाट चैत १२ बाट नै बन्द गरिएको हो। कारागारमा विभिन्न मुद्दाका २३ महिला, १२३ पुरुष र दुुई नाबालकसहित १४८ जना रहेका छन्।

सल्यान कारागारमा भवन अभाव, थुनुवा राख्न समस्या

ओली अवैध अध्यक्ष हुन्, ह्वीप लगाउने अधिकार

सल्यान कारागारमा भवन अभाव, थुनुवा राख्न समस्या

भारतमा संक्रमण दर घट्यो, ३७ सय भन्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *