संवैधानिक परिषद् बैठक स्थगित गर्न माओवादीको माग

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखले समेत बैठकमा भाग नलिने निर्णय सार्वजनिक गरिसकेको अवस्थामा बैठक स्थगित गर्न माग गरेका हुन्।

उनले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको बैठकमा सहभागी नहुन पनि परिषदका सबै सदस्यहरुसँग आग्रह गरेका छन् ।

संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको माओवादीको ठहर छ।

यसअघि काँग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा नजाने घोषणा गरिसकेका छन्। प्रधानमन्त्रीले भोलिका लागि संवैधानिक परिषद् बैठक बोलाएका छन्।

संवैधानिक परिषद् बैठक स्थगित गर्न माओवादीको माग

वीरेन्द्रनगरले संचालनमा ल्यायो आफ्नै कोरोना अस्पताल

संवैधानिक परिषद् बैठक स्थगित गर्न माओवादीको माग

कर्णालीमा थप ४१४ जनामा कोरोना पुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *