प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार र स्वकीय सचिवलाई फेरि संक्रमण

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तर उनका स्वकीय सचिव इन्द्र आचार्य र प्रेस सल्लाहकार सूर्य थापामा भने पुनः संक्रमण देखिएको बालुवाटार स्रोतले जनाएको छ।

उनीहरु यसअघि नै संक्रमित भइसकेका थिए । उनीहरु दुवैले कोरोना विरुद्धको दुई मात्रा खोप पनि लगाइसकेका छन् । सचिवालयकै रुपेश आचार्यलाई पनि संक्रमण देखिएको छ। यहि २७ गते बस्ने संसद बैठकलाई लक्षित गरी शुक्रबार स्वकीय तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा बढीको स्वाब संकलन गरिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *