सेक्सका लागि दिमागका विभिन्न भाग होइन एउटै विशिष्ट भाग जिम्मेवार

एजेन्सी । हालसम्म यौन सम्बन्ध राख्नका लागि दिमागको विभिन्न भागले काम गर्छन् भन्ने मान्यता थियो । तर, अब यो मान्यता पुरानो भएको छ । एक वैज्ञानिक अध्ययनका अनुसार मानिस तथा मुसामा दिमागको एउटा भागले मात्रै यौन सम्बन्ध बनाउने वा नबनाउने निर्णय गर्छ । यसैका आधारमा पोथीमा प्रोजेस्टेरोन (Progesterone) तथा एस्ट्रोजेन (Estrogen) हर्मोन्स निस्कने तय हुन्छ ।

पोर्चुगलको चैपालीमौड सेन्टरका प्रमुख अनुसन्धानकर्ता सुसाना लिमाका अनुसार मानिस तथा मुसामा ‘प्रोजेस्टेरोन’ तथा ‘एस्ट्रोजेन’ हार्मोन्सले नै यौन सम्बन्धका लागि एकले अर्कोलाई स्वीकार गर्ने / नगर्ने कुरा तय गर्छ । पोथी मुसामा यसले प्रजनन क्षमताको स्तर पनि निर्धारण गर्छ । यो सबै कुरा दिमागको एउटै हिस्साले मात्रै तय गर्ने गर्छ ।

सुसाना लिमाका अनुसार कोही महिला तथा पुरुष एक अर्कासँगको यौन सम्बन्ध स्वीकार गर्छन वा गर्दैनन् भन्ने कुरा दिमागको यसै भागले निर्धारण गर्छ । पोथी मुसाले भने ६ दिनमा आफ्नो ‘सेक्स पार्टनर’ यथावत राख्ने वा छोड्ने निर्णय गर्छ । यी दुई हार्मोन्सले मुसालाई यति छिट्टै यस्तो उग्र फैसला लिन प्रेरित गर्ने कुरामा वैज्ञानिकहरु हैरान बनेका छन ।

सुसाना लिमा भन्छिन, यस अनुसन्धानबाट प्राप्त जानकारीअनुसार पोथीलाई यौन सम्बन्ध स्वीकार गर्नका लागि जिम्मेवार बनाउने दिमागको एउटा हिस्सा ‘वेन्ट्रोमेडिएल हाइपोथ्यालामस’ (Ventromedial Hypothalamus – VMH) रहेको हुन्छ । यसभित्र पनि कैयौं कम्पार्टमेण्ट बनेका हुन्छन् । हरेक कम्पार्टमेण्टमा ‘न्युरोनस’ हुन्छन् । यिनले पोथीको प्रजनन क्षमता निर्धारण गर्नुका साथै यौन सम्बन्ध स्वीकार्यतालाई सक्रिय बनाउँछन् ।

सुसानाको अध्ययन २० अप्रिलको ‘इन्यूरो’ (eNeuro ) जर्नलमा प्रकाशित भएको छ । यसमा यो बताइएको छ कि ‘वेन्ट्रोमेडिएल हाइपोथ्यालामस ‘ (भिएमएच) भित्र कस्ता प्रकारका कर्माटमेन्ट्स हुन्छन् ? यसले कसरी पोथीलाई यौन सम्बन्ध स्वीकार गर्नका लागि तयार गर्छ ? साथै यसले नै यौन व्यवहारलाई निर्धारित गर्छ भन्ने जानकारी दिइएको छ ।

अध्ययनमा जनाइए अनुसार ‘भिएमएच’ अलग अलग भाले वा पुरुषलाई देखेर भिन्न भिन्न प्रतिक्रिया गर्छ । यसै अनुसार नै पोथी वा महिलाको प्रजनन ग्रन्थी सक्रिय हुन जान्छ ।

सुसानासँग काम गर्ने पिएचडी शोधार्थी इन्स डियान्सका अनुसार पोथीमा प्रजनन चक्रका दौरान ‘भिएमएच’का ‘न्युरोन’ लगातार परिवर्तित भइरहन्छन । ‘भिएमएच’ को मुख्यतया तीनवटा कम्पार्टमेण्ट हुन्छ । यी कम्पार्टमेण्टमा रहेका ‘न्युरोन’ ले नै ‘प्राजेस्टेरोन’ हार्मोनलाई स्वीकार गर्ने गर्छन् । ‘न्युरोन’ को रवैया हरेक कम्पार्टमेण्टमा बदलिरहेको हुन्छ । यसले भिन्न भिन्न तरिकाले काम गर्छ । यहाँसम्म कि यौन स्वीकार्यताको फैसलालाई समेत ‘न्युरोन’ ले बद्लिन सक्छ ।

सेक्सका लागि दिमागका विभिन्न भाग होइन एउटै विशिष्ट भाग जिम्मेवार

श्रम स्वीकृति दिन स्थगित, अनलाइनबाट दिइने पुनःश्रम

सेक्सका लागि दिमागका विभिन्न भाग होइन एउटै विशिष्ट भाग जिम्मेवार

भगवानलाई जल चढाए कोरोना भाग्ने हल्ला फैलिएपछि…

Leave a comment

Your email address will not be published. Required fields are marked *