सुशान्तसँगको यात्राबारे भिडियो पोस्ट गर्दै अंकिताले भनिन्, ‘फेरि भेटौंला’

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखन्डेले पहिलो पुण्यतिथिमा आफ्ना पूर्व प्रेमीलाई सम्झिएकी छिन् । अंकिताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुशान्तसँगका आफ्ना फोटो राखेर एउटा भिडियो बनाएकी छिन् ।

सुशान्त अघिल्लो वर्ष आजकै दिन मुम्बईको बान्द्रास्थित उनको निवासमा मृत भेटिएका थिए । अंकिता र सुशान्त ६ वर्षभन्दा बढी सम्बन्धमा थिए र उनीहरु भारतीय टेलिभिजनका अत्यधिक रुचाइएका जोडीमध्येका एक हुन् । यी दुई पवित्र रिश्ताको सुटिङका क्रममा प्रेम सम्बन्धमा बाँधिएका थिए । तर सन् २०१६ मा उनीहरु आफू अलग्गिएको घोषणा गरे ।

तपाईको प्रतिक्रिया