जेडन सान्चोलाई भित्र्याउदैँ युनाइटेड

एजेन्सी । बोरुसिया डर्टमन्डले जेडन सान्चोको स्थानान्तरण शुल्क कम गरेसँगै म्यानचेस्टर युनाइटेडले उनलाई भित्र्याउने तयारी थालेको छ । म्यानचेस्टरले गत वर्ष पनि सान्चोलाई भित्र्याउन चासो देखाएको थियो ।
तर गत सिजन डर्टमन्डले मागेको १० करोड ८० लाख पाउन्ड तिर्न युनाइटेड सहमत भएन । यसपटक भने बुन्डेसलिगा क्लब डर्टमन्डले ८ करोड १५ लाखमै सान्चोलाई बेच्ने भएको छ । कुनै पनि क्लबले यति मुल्य तिर्नसके यी इंलिस विंगरलाई आबद्ध गर्न पाउनेछन् ।
जाडनले गत सिजन डर्टमुन्डका लागि सबैखाले प्रतियोगितामा गरेर १६ गोल तथा १४ एसिस्ट गरेका थिए । त्यहीकारण पनि युरोपका धेरै क्लबले उनलाई भित्र्याउन चाहेका छन् ।
२१ वर्षीया सान्चोले २०१७ मा डर्टमन्डबाटै आफ्नो व्यवसायिक करियर सुरु गरे । उनले अहिलेसम्म डर्टमन्डका लागि १ सय ४ खेलमा ३८ गोल गरिसकेका छन् । सान्चोले युवा अवस्थामा भने वाटफोर्ड र म्यानचेस्टर सिटीको एकेडेमीबाट खेलेका थिए । इङ्ल्यान्डबाट उनले २०१८ मा डेब्यु गरे । अहिलेसम्म १८ खेलमा उनले ३ गोल गरिसकेका छन् ।






