नाइजेरियामा चौकी आक्रमण गरी पाँच प्रहरीको हत्या

एजेन्सी । दक्षिणी नाइजेरियाको इमो राज्यमा बन्दुकधारीहरूले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । सोमबार ती बन्दुकधारीहरूले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए। सो हमलामा परी पाँच जना प्रहरी मारिएका हुन् ।

सो प्रहरी चौकीमा उनीहरूले हमला गरेका थिए। इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो संख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन् ।

उनले सो चौकीबाट ती बन्दुकधारीहरूले आफ्ना केही साथीहरूलाई पनि जेलमुक्त गरेर लगेका बताए। यसअघि पनि सो प्रहरी चौकीमा उनीहरूले हमला गरेका थिए ।

तपाईको प्रतिक्रिया