डर्टमण्डको सहज जित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ । बुधबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लीनलाई २-० गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डलाई जित दिलाउन मार्को रिउस र राफेल गुइरेईरोले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा रिउसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अर्लिङ हालाण्डको पेनाल्टी प्रहार गोलकिपरले बचाएपछि आएको रिबाउन्ट बल बर्लीनका डिफेन्डरले क्लियर गर्न नसक्दा रिउसले गोल गरेका हुन् ।

त्यसपछि खेलको ८८ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए । जितसँगै डर्टमण्डले ३० खेलमा ५२ अंक जोडेको छ । डर्टमण्ड लिगको पाँचौं स्थानमा रहेको छ । बर्लीन ४३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया