पाकिस्तानको रावलपिंडीमा बढ्दो गर्मीसँगै खानेपानीको अभाव

एजेन्सी । तापक्रम बढ्दै जाँदा पाकिस्तानको रावलपिन्डीमा पानीको आपूर्तिमा अभाव देखिन थालेको छ। पानीको अभाव हुनुमा भूमिगत पानीको तह घट्नु र बाँधबाट प्रशस्त आपूर्ति नहुनुलाई कारक मानिएको छ।
खानेपानी तथा सरसफाई निकाय (वासा) का प्रबन्ध निर्देशक राजा शौकत मेहमूदले पानीको अभावबारे भने, ‘गर्मीका कारण पानीको भूमिगत तह घटेपछि वितरणमा कमी भएको हो। रावलपिन्डी शहरमा दैनिक पाँच करोड ९० लाख ग्यालन पानीको आवश्यकता रहेकोमा हाल चार करोड ६० लाख ग्यालन आपूर्ति भइरहेको छ।’ उgले भूमिगत पानीको सतह ६५० फिट गहिराईमा झरेको छ भने रावल र खानपुर बाँधबाट हुने पानीको आपूर्तिमा गर्मीका कारण उल्लेख्य कटौती हुँदा अभाव बढेको बताए ।
प्रबन्ध निर्देशकले भने, ‘भूमिगत स्रोत र बाँधबाट आउने पानीको स्रोत शहरबासीको पानीको मुख्य स्रोत रहेको र खडेरीका कारण ती स्रोतहरूबाट आवश्यकता अनुसार पानीको मात्रा उपलब्ध नहुँदा समस्या देखिएको रावलपिंडी शहरका १६ लाख बासिन्दाको पानीको आवश्यकता पूरा गर्न स्थापित ४६० ट्युबवेलहरूबाट माग पूरा गर्न समस्या भइरहेको हो ।’
उनले भने, ‘सहरमा यसपहिले पनि नागरिकले आवश्यकता अनुसार पानी पाइरहेका थिएनन् र खडेरी र गर्मी बढ्दै जाँदा समस्या पनि बढिरहेको छ। द एक्सप्रेस ट्रिब्यूनले मेहमूदलाई उद्धृत गर्दै भनेको छ, ‘खानेपानी आयोजनाको पहिलो चरण विगत दुई दशकदेखि थाँती रहेको छ र बारम्बार समीक्षा गरिए पनि सुरु गरिएको छैन।’






