‘देश’ बाट फर्केका एक सय १३ जना क्वारेन्टाइनमा

नविन सुवेदी

दैलेख (चामुण्डा), १८ चैत ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले क्वारेन्टाइनमा राखिएको व्यक्तिहरुको अवस्था बुझ्न अनुगमन गर्नु भएको छ । मंगलबार स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा राखिएका व्यक्तिको अवस्थान बुझन् सबै क्वारेन्टाइनको अनुगमन गर्नु भएको हो । चामुण्डाविन्द्रासैनीका मजदुरी गर्न भारत (देश) गएका नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

जनताको स्वास्थ्य भन्दा ठुलो अन्य केही नभएकाले नगरपालिकाले कोरोना भाइरस फैलिन नदिन क्वारेन्टाइन तयार गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विकास निर्माण केही समयपछि गरौला, वर्तमान आवश्यकता भनेको जनतालाई बचाउनु हो ।’ हामी जनतालाई बचाउन र कोरोना भाइरस फैलिन नदिन क्वारेन्टाइन निर्माण गरेको छौँ ।’ उहाँले क्वारेन्टाइनमा बसेकाहरुलाई भन्नुभयो, तपाई तोकिएको समय क्यारेन्टाइनमा बस्नुहोस, कुनै लक्षण नदेखि तोकिएको समयमा घर जान पाउनु हुनेछ ।’ कसैलाई लक्षण देखिएमा सुविधा सम्पन्न अस्पताल पठाउने नगरपालिकाले व्यवस्था गरेको छ ।’

साथै क्वारेन्टाईन अवद्यिभर नगरपालिकाले खानको व्यवस्था समेत गरेको उहाँले जानकारी दिनुभयो । कोरोना भाईरस फैलिन नलिन नगरपालिकाले पाँच स्थानमा क्वारेन्टाईन निर्माण गरी भारतबाट फर्केका १ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जस मध्य वडा नं. ७ को कर्णाली जनचेतना आधारभुत विद्यालय पालेतडामा ५७ जना , वडा नं. ९ को भैरव माध्यमिक विद्यालय डौसुरमा १५ जना, वडा नं. ८ को ओमकोट आधारभुत विद्यालय ओमकोटमा १६ जना र वडा नं. ५ को जनता माध्यमिक विद्यालय वस्तेको १७ जना र वडा नं. ३ को चामुण्डा क्याम्पसमा ९ जनालाई क्वारेन्टाइनमा राखिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिनुभयो । आश्यकता आधारतमा क्वारेन्टाइन थप गर्ने उहाँले बताउनु भयो ।

‘देश’ बाट फर्केका एक सय १३ जना क्वारेन्टाइनमा

फेसबुकबाट गाली बेइजती गर्नेलाई कारबाहीको माग

‘देश’ बाट फर्केका एक सय १३ जना क्वारेन्टाइनमा

YUGAAWHAN NATIONAL DAILY (2076-12-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds