पर्यटकको पर्खाइमा तातोपानी कुण्ड

मुगु : जिल्लाको सोरुगाँउपालिका–५ स्थित कुलाहमा रहेको तातोपानी कुण्ड पर्यटकको पर्खाइमा छ । भौतिक पूर्वाधार अभावका कारण ओझेलमा परेको कुण्डमा पर्यटक भित्रिन सकेका छैनन् ।

कर्णाली नदी किनारमा रहेको कुण्डमा दुईवटा तातोपानीका धारा छन् । तातोपानीको धारा नजिक रहेको गुफासमेत ओझेलमा छ । तर, यहाँ भौतिक पूर्वाधार निर्माणमा गर्न सरकारले चासो दिएको छैन । हरेक वर्ष मंसिर र माघ पूर्णिमाका दिन यहाँ मेला लाग्छ। मेलाका अवसरमा तातोपानी कुण्डमा नुवाउन आउने स्थानीयको घुइँचो लाग्छ ।

यहाँ छिमेकी जिल्ला हुम्लाबाटसमेत नुवाउन आउँछन् । कुण्डमा नुवाएपछि बाथरोग, पेट र टाउको दुखाइको समस्या निको हुने जनविश्वास छ । सोरु गाँउपालिका–७ का गगन भामले कुण्ड संरक्षणका नाममा लाखौं रकम खर्च भए पनि भौतिक संरचना निर्माण नभएको बताए । गत वर्ष सोरु गाउँपालिकाले १० लाख रकमले दुईतर्फ पर्खाल मात्रै निर्माण गरेको छ।

कर्णाली प्रदेश सरकार पर्यटन तथा उधोग मन्त्तालय अन्तर्गत वन डिभिजन कार्यालयबाट आठ लाख खर्च गरेर नुवाउँदा कपडा फेर्ने कोठा निर्माण गरेको थियो। तर कुण्ड निर्माण कार्य प्राविधिक र उपभोक्ता समितिको कमाइखाने भाडो बनेको स्थानीयको आरोप छ । सोरु गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी शाहीले कुण्ड संरक्षण गर्न सरकार लागि परेको बताइन्। तातोपानी कुण्ड सदरमुकाम गमगढीबाट एक दिन पैदल हिँडेर पुगिन्छ ।

पर्यटकको पर्खाइमा तातोपानी कुण्ड

YUGAAWHAN NATIONAL DAILY (2076-10-15)

पर्यटकको पर्खाइमा तातोपानी कुण्ड

धरौटीमा छुटिन् आस्था राउत

Leave a comment

Your email address will not be published. Required fields are marked *