कोरोनाबाट एकै दिन २१ जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ७१५ पुग्यो

काठमाडौं, ३० असोज ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी २१ जनाको मृत्यु भएको जानकारी दिइएको हो । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । २४ घण्टाको अपडेटमा बिहीबार १९ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४०२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ कोरोना संक्रमित थपिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका चार हजार ३९२ संक्रमितमध्ये काठमाडौं उपत्यकाका दुई हजार ४०२ जना हुन् ।

पछिल्लो २४ घण्टामा १६ हजार पाँच सय ३१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय २२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ ।

अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट एकै दिन २१ जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ७१५ पुग्यो

अत्यावश्यक औषधि सहज उपलब्ध गराउन सरकारसँग माग

कोरोनाबाट एकै दिन २१ जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ७१५ पुग्यो

लायन्स क्लब छिन्चुद्वारा सुगर चेकजाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *