कर्णालीमा धान उत्पादनमा बृद्धि, एक लाख २० हजार मेट्रिक टन उत्पादन

सुर्खेत, २८ कात्तिक ।

कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा बृद्धि भएको छ । गत वर्षको तुलनामा साढे पाँत प्रतिशतले धान उत्पादनमा बृद्धि भएको हो । यो वर्ष कर्णाली प्रदेशमा एक लाख २० हजार नौसय ७१ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत वर्षको तुलनामा झण्डै साढे पाँच प्रतिशतभन्दा बढी हो । उत्पादनमा बृद्धि भएपनि कर्णालीमा खाद्यान्न अभाव भने कामयमै रहेको छ ।

यो वर्ष समयमै बर्षात भएका कारण धान उत्पादनमा बृद्धि भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । ‘यो वर्ष वर्षाद् हुँदा कृषकले समयमै धान रोप्न पाए’ निर्देशक चित्रबहादुर रोकायले भने, ‘कृषकको मेहनत र बर्षादले साथ दिएकै कारण धान उत्पादनमा बृद्धि भएको हो ।’ कोरोनाका कारण किसानहरु समयमै घर आउनु र गोडमेलमा ध्यान दिनु जस्ता कारणले धान उत्पादन बृद्धि भएको रोकायाको तर्क छ । ‘विदेश गएकाहरु कृषकहरु गाउँ फर्किए, खाद्यान्न अभाव हुने डरले राम्रोसँग गोडमेल गरे’ उनले भने, ‘कृषकको मेहनत र समयमै बर्षाद हुँदा धान उत्पादनमा बृद्धि भयो ।’ त्यस्तै प्रदेश सरकारले उत्पादन बृद्धिका लागि कृषकलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेति गर्नु जस्ता कारणले पनि धान उत्पादनमा बृद्धि भएको हो । सलह किरा र रासायनिक मल अभाव नभएको अझ बृद्धि हुने निर्देशनालयको अपेक्षा थियो । यो वर्ष कर्णाली प्रदेशमा १० देखि २० प्रतिशतसम्म धान उत्पादन बृद्धि हुने अपेक्षा गरिएको थियो । तर रासायनिक मल र सहल किराले धानको बीउमा क्षति पु¥याउँदा अपेक्षा अनुसार धान उत्पादन बृद्धि हुन नसेकन ।

कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिमका केही क्षेत्रमा रशासनियक मल प्रयोग गरिन्छ । कोरोना महामारीका कारण कर्णालीमा रशासनिक मल आयात भएको थिएन् । धान रोप्ने र गोडमेल गर्ने समयमा रशासनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको कार्यालयले जनाएको छ ।

कर्णालीका दश जिल्लामध्ये सुर्खेत, सल्यान र रुकुमपश्चिममा सबैभन्दा धेरै रशासनिक मल खपत हुन्छ । अन्य जिल्लामा भने न्यून मात्रमामा रासायनिक मल प्रयोग गरिन्छ । कर्णालीका अधिकांश क्षेत्रमा प्राङ्गारिक मलको प्रयोग गरिन्छ । जुम्लामा रशासनिक मलको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । कालिकोट, मुगु, हुम्ला र डोल्पा जिल्लाका कृषकले रासायनिकभन्दा प्राङ्गारिक मलको प्रयोग बढी हुन्छ ।

त्यस्तै सलह किराका कारण पनि अपेक्षा गरे अनुसार धान उत्पादन नभएको हो । धान रोप्ने समयमा बिउमा क्षति पु¥याएको थियो । सुर्खेत, जाजरकोट, सल्यान लगायतका जिल्लामा सहल किराले धान बालिमा क्षति पु¥याएको निर्देशनालयले जनाएको छ ।

कुन जिल्लामा कति उत्पादन

एक लाख २० हजार नौ सय ७१ मेट्रिक टन धान उत्पादन भएको कर्णालीमा यो वर्ष सुर्खेत सबैभन्दा बढी धान उत्पादन भएको छ । कृषि विकास निर्देशनालयका अनुसार सुर्खेतमा ४२ हजार आठसय तीन मेट्रिक टन धान उत्पादन भएको छ ।
तथ्याङ्क अनुसार रुकुम पश्चिममा आठ हजार नौ सय ७६ मेट्रिक टन, सल्यानमा २८ हजार नौसय, दैलेखमा चारहजार चारसय ४९ र जाजरकोटमा १० हजार ६ सय ६५ मेट्रिक टन धान उत्पादन भएको छ ।
त्यस्तै डोल्पामा ६ सय पाँच, जुम्लामा दुई हजार नौ सय, कालिकोटमा नौ हजार चार सय ८९, मुगुमा सात हजार पाँच सय ७६ र हुम्लामामा सात सय ९० मेट्रिक टन धान उत्पादन भएको छ ।

६ जिल्लालाई संस्थानकै भर

धान उत्पादनमा केही सुधार आएपनि कर्णालीका ६ जिल्लाले भने खाद्यान्न संस्थानकै चामलमा निर्भर हुनुपर्ने निश्चित भएको छ । यो वर्ष पनि कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, मुगु, कालिकोट र जुम्लावासी खाद्यान्न संस्थानकै चामलमा निर्भर हुनुपर्ने छ । यो वर्ष जाजरकोटमा १० हजार ६ सय ६५, डोल्पामा ६ सय पाँच, जुम्लामा दुई हजार नौ सय, कालिकोटमा नौ हजार चार सय ८९, मुगुमा सात हजार पाँच सय ७६ मेट्रिक टन र हुम्लामा सात सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । जुन गत वर्षकै हाराहारीमा छ । सिचाईको अभाव र हिमाली जिल्ला भएका कारण ६ जिल्लामा न्यून मात्रामा धान उत्पादन हुन्छ । ति जिल्लाहरुमा बर्षेनी खाद्यान्न संस्थानले सहुलियतको चामल आपूर्ति गर्दै आएको छ । कर्णालीमा वार्षिक २३ हजार चारसय २० मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशको कूल खाद्यान्न आवश्यकता तीन लाख ५० हजार नौ सय ९८ मध्ये वार्षिक तीन लाख २७ हजार पाँच सय ७८ मेट्रिक टन उत्पादन हुन्छ ।

कर्णालीमा धान उत्पादनमा बृद्धि, एक लाख २० हजार मेट्रिक टन उत्पादन

परिवारले नै सेनामा भर्ती हुन दिएनन्

कर्णालीमा धान उत्पादनमा बृद्धि, एक लाख २० हजार मेट्रिक टन उत्पादन

एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *