प्रदेश अस्पतालमा टेलिमेडीसिन सेवा

सुर्खेत, २८ कात्तिक ।

कोरोना संक्रमणका बिरामीलाई लक्षित गरेर कर्णाली प्रदेश अस्पता सुर्खेतले ‘कर्णाली टेलिकम्युनिकेसन’ सेवा संचालनमा ल्याएको छ । हाल बढीजसो कोरोना संक्रमणका बिरामी होमआइसोलेसनमा बस्ने गरेका कारणले उपचारमा सहजीकरणका लागि ‘कर्णाली टेलिकम्युनिकेसन’ संचालनमा ल्याएको हो ।

‘कर्णाली टेलिकम्युनिकेसन’ सेवामा कोरोना संक्रमणका बिरामीले भाइबर, फेसबुक म्यासेन्जर र मोबाइलमा फोन गरेर सेवा लिन र दिन सजिलो हुने ‘कर्णाली टेलिकम्युनिकेसन’का फोकल पर्सन डा। नवराज केसीले बताए । ‘कोरोना संक्रमणका बिरामीलाई लक्षित गरेर कम्युनिकेसन संचालनमा ल्याएका छौँ,’ उनले भने, ‘यसमा कर्णालीभरका अन्य बिरामीले पनि सेवा लिनसक्ने छन् ।’

‘कर्णाली टेलिकम्युनिकेसन’ बिहीबारबाट २४ घण्टा संचालन हुने, कोरोना संक्रमणका जटिल प्रकार बिरामीको उपचारका लागि पूर्वतयारीमा सहज हुने डा। केसीले जानकारी दिए । ‘कोरोना संक्रमणका जटिल बिरामीलाई स्वास्थ्य परामर्श र अस्पतालमा उपचारको पूर्व तयारीका लागि यो सेवा प्रभावकारी हुनेछ’ उनले भने, ‘केही समस्या आए अझ सुधार गरेर हामीले उपचारमा प्रभावकारी सेवा सुविधा उपलब्ध गराउन खोजेका छौँ ।’

कोरोना संक्रमणका बिरामी म्यासेन्जर र भाइबरमा भिडियो कल गरेर उनीहरूको अवस्था र विशेषज्ञ चिकित्सकसँगको परामर्श सेवा ‘कर्णाली टेलिकम्युनिकेसन’बाट प्रदान गरिने डा। केसीले बताए । ‘कर्णाली टेलिकम्युनिकेसन’का लागि ९८५८०२०२४६ र ९८५८०२०२४८ नम्बरको संचालनमा ल्याइएको छ ।

प्रदेश अस्पतालमा टेलिमेडीसिन सेवा

YUGAAWHAN NATIONAL DAILY (2077-07-28)

प्रदेश अस्पतालमा टेलिमेडीसिन सेवा

परिवारले नै सेनामा भर्ती हुन दिएनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *