हुम्ला र डोल्पामा कोरोना संक्रमण शून्य

हुम्ला, २६ कात्तिक ।

कर्णालीका १० जिल्लामध्ये हुम्ला र डोल्पामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । हुम्लामा कोरोना संक्रिय संक्रमित १ जना मंगलबार निको भएर डिस्चार्ज भएपछि हुम्ला र डोल्पा जिल्लामा कोरोनाका शून्य संक्रमित हुन पुगेको हो ।

हुम्लामा ३४ जना र डोल्पामा १५ जना कोरोना संक्रमित भएको ती सबै निको भएर डिस्चार्ज भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

हाल कर्णालीका कोरोना संक्रिय संक्रमित ५७९ जना रहेको त्यसमध्ये सुर्खेतमा ३८२, दैलेखमा ९४, जुम्लामा ४२, सल्यान २७, रूकुमपश्चिममा १७, मुगुमा ११, कालिकोटमा ३ जना र जाजरकोटमा २ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।

मंगलबार ४७ संक्रमित थपिए

मंगलबार कर्णालीमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालारप्रदेश अस्पताल सुर्खेत र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा ४७ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा सुर्खेतका २४, दैलेखका २ जानरकोटका २, रूकुमपश्चिमका १ जना र अन्य प्रदेशका १० जनामा कोरोना संक्रमणको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले बताए ।

योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ६ हजार २६८ पुगेको छ ।

मंगलबार ३७ जना निको भएर डिस्चार्ज भए

मंगलबार कर्णालीका प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनबाट ३७ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।

सुर्खेतका २२, रुकुमपश्चिमका ५, जुम्लाका २, कालिकोट, जुम्ला र दैलेख जिल्लाका १र१ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या ५ हजार ६०१ पुगेको छ ।

हुम्ला र डोल्पामा कोरोना संक्रमण शून्य

कर्णाली नदीमा पुल बनेपछि भुलुबासी हर्षित

हुम्ला र डोल्पामा कोरोना संक्रमण शून्य

जुम्लाका पालिकामा धमाधम सामुदायिक भवन बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *