जुम्लामा लगाइएको निषेधाज्ञा हट्यो

जुम्ला, १८ असोज ।

जुम्लाको सदरमुकाम खलङ्गामा लगाइएको निषेधाज्ञा हटाइएको छ ।


जिल्ला प्रशासन कार्यालयले गएको बिहीबारदेखि लगाएको निषेधाज्ञा आजदेखि हटाएको हो । तर कोरोना सङ्क्रमणबाट बच्न जनस्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका २७ स्वास्थ्यकर्मीसहित ४७ जनामा कोरोना पुष्टि भएपछि परीक्षण, खोजीकार्य तथा फैलिन नदिन भन्दै निषेधाज्ञा गरिएको थियो ।

तपाईको प्रतिक्रिया