आठबीसकोटमा सातै दिन विद्यालय खुल्ने

रुकुमपश्चिम, २२ मंसिर ।

आठबीसकोट नगरपालिकामा सातै दिन विद्यालय खुल्ने भएको छ । शुक्रबार पूरै दिन पढाइ र शनिबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न थालिएको हो । कोरोना कहरले पारेको प्रभावलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बनाएको योजनाअनुसार अबदेखि १ सय ५५ दिन विद्यालयमा पढाइ हुनेछ ।

{“caption”:”u0930u0941u0915u0941u092e u092au0936u094du091au093fu092eu0915u094b u0906u0920u092cu0940u0938u0915u094bu091f u0928u0917u0930u092au093eu0932u093fu0915u093eu0915u094b u091cu0928u0915u0932u094du092fu093eu0923 u092eu093eu0935u093f u0917u094bu0907u0930u0940u0915u093e u0935u093fu0926u094du092fu093eu0930u094du0925u0940 u0936u0928u093fu092cu093eu0930 u0905u0924u093fu0930u093fu0915u094du0924 u0915u094du0930u093fu092fu093eu0915u0932u093eu092au092eu093e u0938u0939u092du093eu0917u0940 u0939u0941u0901u0926u0948u00a0u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0930u093f u0917u094cu0924u092e/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ को वैशाखभरि सञ्चालन हुने र २०७८ को जेठबाट अर्को शैक्षिकसत्र सञ्चालन गर्ने गरी कार्ययोजना पास भएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । नगरभित्रका ६३ वटै विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप हुने उनको भनाइ छ । २०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि सुरु गरेको थियो । प्रधानाध्यापकहरूले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस भएको थियो । कार्यपालिकाले उक्त प्रस्ताव पारित गरेको छ ।

विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालन हुने नगर प्रमुख केसीले बताए । ‘कोरोना संक्रमणको कारणबाहेक अन्य कारणले पढाइ प्रभावित हुने छैन,’ उनले भने, ‘बिदाको समयमा पनि शैक्षिक र अतिरिक्त क्रियाकलाप सुरु हुनेछ ।’ कार्ययोजनामा २०७८ को वैशाखमा भर्ना अभियान पनि चलाउने र चालु शैक्षिकसत्रको बाँकी पढाइलाई पनि निरन्तरता दिने उल्लेख छ । हिमालय माविका प्रधानाध्यापक कृष्ण केसीले अर्को शैक्षिकसत्रको एक महिना चालु शैक्षिकसत्रमा गाभेर पूर्ण पठनपाठन गराउने गरी नगर कार्यपालिकाबाट कार्ययोजना पारित भएको बताए । यो निर्णयबाट विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक उत्साहित भएका उनको भनाइ छ । आदर्श माविका प्रअ चिन्ताराम शर्माले यो शैक्षिकसत्रको व्यवस्थापनका कार्ययोजना महत्त्वपूर्ण भएको बताए ।

जिल्लाका ६ स्थानीय तहमध्ये कार्ययोजना बनाएर पठनपाठन गर्ने आठबीसकोट नगरपालिका दोस्रो हो । यसअघि चौरजहारी नगरपालिकाले पनि कार्ययोजना बनाएर पठनपाठन सुरु गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *