पहिरोले गुम्ती पसल बगायो

प्रचण्ड खत्री ।

रुकुम पश्चिम, १३ साउन

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ मा पहिरो जादा ३ वटा घुम्ती पसल बगाएको छ । छिनखेत नेटाबजार स्यार्पू दहमा पर्ने घर र घुम्ती पसल बगाएको हो । मंगलवार विहान २ बजे पहिरो खस्दा सामान सहितका पसल बगाएको स्थानीयले बताएका छन् ।

स्थानीय डील्ली परियार, बिबेक शाही, र बिनोद शाहीको पसल पहिरोले बगाएको स्थानीय शेराबिर विकले जानकारी दिए । स्थानीय दिल्ली परियार, बुद्दिमान केसी र शेरवीर विकाको घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पहिरोले पसल बगाउदा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ठग बहादुर केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया