पश्चिम सुर्खेतमा पहिरो

एक महिलाको मृत्यु, एक घाइते

सुर्खेत, १५ असार । पश्चिम सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जल विद्युत आयोजनामा सोमवार विहान पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । पहिरोमा पञ्चपुरी नगरपालिका वडा नम्बर ६ भावर की ४७ वर्षकी नन्दा पुलामीको मृत्यु भएको हो ।

गएराति देखि आएको वर्षाका कारण विहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी वेपत्ता भएकी नन्दाको विहान ८ बजे शव फेला परेको हो । खमारी खोला जलविद्युत् आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन् । डम्मर र नन्दा श्रीमान् श्रीमति हुन्, उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए ।

घाइते डम्मर पुलामीको अवस्था सामान्य रहेको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जल विद्युत आयोजनाका अध्यक्ष जीवन ढुंगानाले जानकारी दिए । आयोजनाका अध्यक्ष ढुंगानाले पहिरोले आयोजनामा गृह ठूलो क्षती पु¥याएको जानकारी दिए ।

५३ किलोवाट विद्युत उत्पादन भइरहेको यो आयोजनाबाट भावरसहित पञ्चपुरी नगरपालिकाका झण्डै एक हजार दुई सय परिवार लाभान्वित भएका थिए ।

तपाईको प्रतिक्रिया