बनगाडकाे नाथेखोलामा निर्माणाधिन पुल अन्तिम चरणमा

दुर्गा विसी
सल्लीबजार, २१ भदौं ।
सल्ली–रुकुम चौहरजारी सडक खण्डको नाथेखोलामा निर्माणाधिन पुलको काम अन्तिम चरणमा रहेको छ । जग्गा मुआव्जा विवादले थिलाथिला परेको उक्त पुलको निर्माण कार्य अब भने अन्तिम चरणमा रहेको छ । हरिहर कन्ट्रक्सनले २०७४ पौष मसान्तमा सम्पन्न गर्ने भनि दाङ डिभिजन कार्यालयमार्फत ठेक्का पाएको थियोे ।

केही सुरु हँुदै गर्दा पुल निर्माण कार्यको निम्ति जग्गाको मुआव्जा विवाद सुरु भएपछि काम स्थगित हुँदै सुरु हँुदै गर्दा ४ वर्ष पछि पुलको कामले पुर्णता पाउन लागेको हो । करिव ४ करोड १७ लाख लागतमा ठेक्का लिएका निर्माण कम्पनीका ठेकेदार उक्त पुलले आफ्नो उठिवास पारेको बताउनु हुन्छ ।

जग्गा विवादले गर्दा म फसे, समयमा काम हुन नदिँदा निकै घाटा व्यहोर्नुपरेको हरिवहादुर रावतको दुखेसो छ । निकै घाटा खाए पनि पुल तयारी पार्नु ठुलो चुनौतीको कुरा थियोे तर त्यो पूरा भएको उहाँको भनाइ छ । उब्जनिको लागि जग्गा धनिलाई ८० हजारसमेत दिइसकेको छ । पुल विवाद समाधानका लागि नगरपालिका, निर्माणाधिन पुल स्थल, जिल्ला प्रशासन कार्यालयमा पटक पटक छलफल गरियो तर समाधान भन्ने निस्कन सकेन ।

अन्तयमा मुआव्जाको लागि आएको ४६ हजार जग्गा धनिले नबुझे पछि झन विवाद मच्चियो । नगरपालिकाले उक्त ४६ हजार सहित बाँकी बचेको जमिनमा तटबन्ध गरिदिन्छु भन्दा जग्गा धनि सहमतिमा नआएपछि प्रहरी प्रशासनको सहयोगमा उक्त पुलको काम अघि बढ्यो ।
अझै क्षतिपुर्तिको लागि जग्गाधनीहरु अदालत धाइरहेका छन् ।

उक्त पुलको काम अघि बढाउनका लागि नगर प्रमुख गोविन्द कुमार पुन, संघीय संसद टेकबहादुर वस्नेत, कर्णाली प्रदेशका आर्थिक योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश संसद गुलाव जंग शाह, वडा अध्यक्ष कमल विक र ईलाका प्रहरी कार्यालय सल्लिका इन्चार्ज मिनवहादुर खड्काको भुमिकाप्रति स्थानीयले खुशी जनाएका छन् ।

पुल नहुँदा नागरिकले ठुलो जनधनको क्षति व्यहोर्नु परेको थियोे । खोलामा पुल नहदा आवतजावतको लागि वर्षातमा नागरिकले ठुलो समस्या झेलिरहेका थिए । अब भने उक्त शास्ति टर्ने देखिएको छ । खोलामा पुल नहँुदा २ महिना सवारी आवगमन पुर्ण ठप्प हुने गरेको थियोे । भदौको पहिलो हप्ता आएको बाढीमा परी पुलनिर्माण कार्यमा संलग्न एक जना अझै बेपत्ता छन् ।

बनगाडकाे नाथेखोलामा निर्माणाधिन पुल अन्तिम चरणमा

YUGAAWHAN NATIONAL DAILY (2077-05-21)

बनगाडकाे नाथेखोलामा निर्माणाधिन पुल अन्तिम चरणमा

हिरासतमा बसेका युवामा कोरोना पुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *