बबई वारी आउन नदिए पारी जान दिँदैनौं : स्वास्थ्यकर्मीको अनुभव

✍जिवानन्द पाण्डे
हेल्थ असिस्टेन्ट
(बबई हेल्थ डेस्क)
सर्बप्रथम कोरोना भाइरस (COVID-19) संक्रमणका बाबजुत पनि समग्र मानवजातिको जीवन रक्षाको लागि आफ्नो जिउ ज्यानको कुनै प्रवाह नगरी विश्व भर स्वयम वा विभिन्न संघ संस्थामार्फत अग्रपंक्तिमा खटिनुभएका स्वयंसेवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा फराकिलो हृदय बनाई आफुलाई जन–सेवामा समर्पण गर्नुहुने सम्पुर्णमा उच्च सम्मान प्रकट गर्दछु । साथै COVID-19 को संक्रमण बाट ज्यान गुमाउनेहरु सम्पुर्णमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैर्यधारण गर्ने उर्जाशक्ती प्रदान गरून् भनी कामना गर्दछु ।
COVID-19 ढका कारण विश्व आतंकित भइरहेको बेला नेपाललाई पनि ठूलो झड्का लागेको छ दिन प्रतिदिन कोरोना पोजेटिभ केसहरु बढ्दो क्रममै छन, यस्तो अवस्थ्यामा पनि आफुलाई जिम्मेवार ठानी स्वास्थ्यकर्मीको भुमिका निर्वाह गर्दै गर्दा (जैबिक युद्दको सामना गर्ने क्रममा) थुप्रै तिता, मिठा अनुभवहरु बटुलेको छु र तिनलाई यो लेखनीमार्फत उतार्ने कोसिस गरेको छु ।

– म कर्णाली प्रदेशको मुख्य नाका बबईमा अवस्थित हेल्थ डेस्कमा कार्यरत छु । म यहाँ आएर काम गर्न सहज भने पक्कै थिएन । विशेषत कोरोनाको डर, नयाँ ठाउँ उक्त कार्यको लागि पारिवारिक अस्विकार्यता तथा कार्यस्थलमा बस्न खानको लागि संघर्ष जस्ता यावत कुराहरुले म र मेरो टिमलाई सम्बन्धित स्थानमा टिक्नको लागि व्यापक चुनौती खडा गरेको छन् ।

–सुरु सुरुमा परिस्थिति ठिकै थियो नेपालमा कोरोना संक्रमण पनि नदेखिएको अवस्था थियो, सवारी साधनहरुको पनि त्यस्तै लर्को हुन्थ्यो सुरक्षाकर्मी र हामी स्वास्थ्यकर्मीको समन्वयमा सवारीमा सफारी गर्नुहुने सबै यात्रुहरुलाइ चेकजाँच गरी (तापक्रम नापी) पठाउथ्यौ र सो प्रक्रिया चलिरहेकै छ । कसैले “आहा ! गजव नेपालको कति राम्रो स्वास्थ्य प्रणाली‘‘ भनेर आफू नेपाली हुनुमा गर्व गर्थे भने कतिले त काहीँ नभको जात्रा हाडिगाउ भनेर जान्थे । बुझ्ने जतिलाइ बुझायौ पनि र नबुझे झै गर्ने लाई पनि बुझाउने भरपुर कोसिस गर्यौ । नतिजा भने बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बिड । पछि भने बिस्तारै मानिसहरुले पनि चेकजाँचलाई सकारात्मक तरिकाले लिन थालेका छन् । पहिला पहिला गाहै्र हुन्थ्यो, भिडभाड हुन्थ्यो सयौंको संख्यामा सवारी आउथे तर पछि लकडाउन भैसकेपछी छिटफुट रुपमा गाडी आउन थाले खैर संक्रमणको डर भने बढ्दै थियो ।

–लकडाउनको क्रममा पैदल यात्रीहरु थुप्रै आउन थाले, कैयौं दिन हिडेर बल्ल, तल्ल बबई पुगेको सुनाउँथे आउनेमा धेरैजसो अन्यत्र जिल्लामा पठनपाठन तथा काम गर्न जानेहरु थिए तिनिहरु मध्ये धेरै जसो जवानै थिए कोही स्या, स्या, र फ्याँ फ्याँ गर्दै बल्ल तल्ल पुग्ने बुढापाका हुन्थे भने कोही दुधे बालक लतार्दै पुग्ने आमाहरु हुन्थे र त्यसैमा आँधि हुरीको चटन, मेघ र औधी बर्षात । यिनिहरुको स्थिती साँच्चिकै दयनिय थियो र यो उत्पिडनलाई मैले जति ब्यक्त गर्न खोजे पनि सायद कमै हुन्छ । यो अवस्थामा राज्य संयन्त्रबाट कुनै पहल नभएपछि हामी आफुबाट हुनसक्ने सहयोग गथ्र्याै, पानी चाउचाउ र यो भन्दा धेरै हाम्रो हैसियतले भ्याउदैनथ्यो र बासको लागि हामी स्वास्थ्यकर्मीको लागि भनेर बनाएको टेन्टमा आफू नबसी नसुती भएपनी उहाँहरुलाई सुत्ने मेलोमेसो मिलाउँथियौ पछि हामीले सरकारी पक्षलाई हार गुहार गर्दा दाल, भात जुटाइदिएको थियो । यस्तो दुख भोग्नेहरु सायद यो समयमा पनि प्राचीन कालिन स्थितिको भोग गरेको अनुभूति गर्नुहुन्छ ।

– कोरोनाले गर्दा उत्पन्न मानसिक त्रासलाई न्युनिकरण गर्न कैले क्याम्प फायर अर्गनाइज गथ्र्याै त कहिले नाच, गान गर्थिम, कैले डाइभर्सन घुम्न जान्थिम त कैले पौडी जान्थिम, कैले क्यारेम बोर्ड खेल्थिम त कहिले ब्याडमिन्टन, कैले मोटिभेस्नल पुस्तकहरु अध्ययन गर्थिम र कहिले त जिम पनि । यी क्रियाकलापहरुले आफुमा व्यापक immunity थपिएको महसुस हुनुका साथै मनोरञ्जन प्राप्त हुन्थ्यो । जो यो अवस्थालाइ प्रतिकार गर्नको लागि उत्तम उपाय हुनसक्छ ।


– समय बित्दै जाँदा नेपालगन्जमा पनि कोरोना संक्रमण देखिन थाल्यो सो अवस्थामा कर्णाली प्रदेशले नाका सिलबन्दी ग¥यो र गर्नै पर्ने पनि थियो र त्यसको असर हामी स्वास्थ्यकर्मीमा भयानक रुपले देखिन थाल्यो । हामीले हेल्थ डेस्क कर्णाली प्रदेश पुल वारी राखी काम गरिरहेका थियौं भने हाम्रो बसाइ भने पुलको अर्को छेउमा अर्को जिल्ला (बर्दिया) अर्कै प्रदेश नंं. ५ मा थियो । पटक पटक उनीहरु (बर्दिया बासी) ले स्वास्थ्यकर्मी बहिनिहरुलाई पुलमा रोक्न थाले, जिस्काउने धम्काउने जस्ता क्रियाकलाप गर्न थाले सो अवस्थामा चेपाङ प्रहरी प्रशासनले कुनै किसिमको सहयोग गरेको हामिलाई अनुभूति भएन र गरेन पनि । हामीलाई हामी बस्ने होटेलवालाहरुको पुर्ण समर्थन थियो र यो किसिमको दुव्र्यवहार हामीले त्यहाँका जनता र प्रहरी प्रशासनबाट अनुभुत गर्यौ पछि खास कुरा बुझ्दा के बुझियो भने “हामिलाई पुल पारी घाँस दाउरा जान नदिने हामी तपाईलाई पनि वारी बस्न दिदैनौ“ भनेर त्यहाका जनताको कारण थियो र हामी अहिले बस्न त सोही ठाँउमा बसेका छौँ तर हाम्रो ग्यारेन्टी छैन कहिले झोली झाम्टा जिम्मा लाएर सडकमा लखेड्नेहुन त्यहाका जनताले । यस्तो परिस्थिति देख्दा हामी स्वास्थ्य परिक्षणको लागि फिल्डमा उत्रेको कि सिमा युद्ध र खान बस्नको बार्गेनिङ गर्नको लागि भन्ने प्रश्नले बारम्बार आफुलाई झस्काइरहन्छ । के छ बबई को बस्तु स्थिती भनेर प्रास्यले सोधिरहनुहुन्थ्यो उहाँहरुको लागि अनुत्तरित उत्तर यो हुनसक्छ । यो बृतान्त यहाँ प्रस्तुत गरिरहदा मलाइ अर्को एउटा प्रश्नले दिमाग कोट्यायो  ।

–यदि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी दुबै जनसेवामा लागेका हुन भने सम्बन्धित ठाउमा रहने बराबर अधिकार दुबैको नहोला र ?

– के सेवा गर्नेहरुलाई भौगोलिक घेराबन्दीले छेकवार गर्ने नीति बनेकै हो त ?

– कसैको यस्तो ब्यबहारले हामिलाइ सकस पुर्ण स्थिती को माहोल सृजना भएको तितो यथार्थ जिवितै छ र यस्तो प्रवृत्तिले मानवियता र नैतिकतामाथी खरो चुतौती दिएको संकेत गरेको छ । साथै यस उपर सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौ ।

– लगभग दुई महिना हुन लागि सक्दा हामीलाई चाहिने शसक्त हतियार क्ष्च् तजभचmयmभतभच र सुरक्षा कवज (मास्क, ग्लोव्स,सेनिटाइजर र पिपिइ) जस्ता अत्यावश्यक सामाग्रीको अपुग भइ कार्यभार सम्हाल्न कहिल्यै पनि कत्ति पनि गाह्र्रो भएन र यसको श्रेय सिनियर जनस्वास्थ्य अधिकृत चेतन निधि वाग्ले तथा समग्र स्वास्थ्य कार्यालय सुर्खेत, सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश र स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेश परिवारलाई जाने कुरामा कुनै दुइमत छैन । आदरणीय गुरु डा. नवराज केसी, गुरु राजेन्द्र बिष्ट र दाई हरि उपाध्यायलाई पटक पटक सहयोग गरी मनोबल बढाउनु भएको मा हार्दिक आभार सहित धन्यवाद । नोट ः वास्तविकतालाई चित्रण गरेको छु र यी कुनै पनि कुरा कसैको ब्यक्तिगत जीवनसंग सरोकार राख्दैनन ।


2 thoughts on “बबई वारी आउन नदिए पारी जान दिँदैनौं : स्वास्थ्यकर्मीको अनुभव

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार