मुख्यमन्त्री र मन्त्रीका १७ बस गुराँसे रोकियो

सुर्खेत, १४ बैशाख ।
कोरोना भाईरस नियन्त्रणका लागि संघ सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउन एक साताका लागि थप्ने तयारी भैरहेको छ । लकडाउन घोषणाकै अवधिमा नागरिकहरुलाई सास्ती भएको भन्दै कर्णाली प्रदेश सरकारले निर्णय गरेर आफ्नो प्रदेशका नागरिकहरुका लागि केही खुकुलो बनाएकोछ ।

कर्णालीमा लकडाउन खुकुलो भएपछि नेपालका विभिन्न जिल्लामा रहेका श्रमिक, विद्यार्थी, आम नागरिकहरुलाई प्रदेश सरकार, स्थानीय सरकार, जनप्रतिनीधि र स्वयंम आफै गाडी रिजर्भ गर्दै घर भित्रिने, भित्र्याउने क्रम जारी रहेको छ ।  विभिन्न जिल्लाहरुबाट घर फर्किन हिडेका २५० बढी यात्रुसहितका १७ वटा बस जिल्ला प्रशासन कार्यालय दैलेखको आदेशमा गुराँस गाउँपालिकाको गुराँसे टावरमा रोकिएको छ । आइतबार विहानैदेखि उक्त बस र यात्रुहरुलाई प्रमुख दैलेखका जिल्ला अधिकारी युवराज कटेलको आदेशमा सुर्खेत–दैलेखको सिमानामा रोकिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, संघ, प्रदेशका अन्य सांसद र विभिन्न स्थानीय तहको समन्वयमा ती बस कालीकोट र जुम्लाका लागि पठाइएका हुन । कहाँबाट आएको, कहाँ पुग्ने, को यात्रु हुन कुनै पनि विवरण नभेटिएपछि आइतबार विहानैदेखि सवारी साधनहरु रोकेर राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयोे ‘कोरोनाको महामारीबाट विश्व आक्रान्त छ । मेरो कार्यक्षेत्र भएको जिल्ला दैलेखबाट जाने वा आउने सवारी साधन र यात्रुहरुको ट्रेसिङ राख्नु मेरो जिम्मेवारी हो । कर्तव्य हो । मैले आफ्नो कर्तव्य पुरा गरेको छु’ प्रजिअ कटेलले भने ‘को व्यक्ति कहाँबाट बस चढ्यो, कहाँ जाने, यात्रु बिचमा कहाँ झर्ने वा झारियो । उसको स्वास्थ्य परिक्षणको अवस्था के छ ? यो सम्बेदनशिल विषय हो । यसको रेकर्ड कहिँँ कतै नभेटिएपछि बसहरु रोकिएका छन् ।’

ना ७ ख ६९६३ बस (कालिकोट), कर्णाली प्रदेश ०२००१ ख ०१०७ हाईस (कालीकोट), बा १५ च ३९२२ जीप (जुम्ला), भे १ ख २४१६ बस (कालीकोट), प्रदेश ३१०००५ ख ९९८१ बस (कालीकोट), कर्णाली प्रदेश ००२०१६००८ बस (कालीकोट) २५० जना यात्रुसहितका १७ वटा गाडी गुराँसे टावरमा रोकिएका छन् ।

बसमा आएका यात्रुहरुको कहाँबाट आएको कहाँ जाने सहितको ट्रेसिङ विवरण प्राप्त भएपछि मात्रै बसहरु छोडिने प्रमुख जिल्ला अधिकारी कटेलको भनार्ई छ । जिल्ला प्रशासन कार्यालय दैलेखको अगुवाईमा गुराँसेमा सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्वास्थ्यर्मी, स्थानीय तहको सहभागितामा तह अनुसार छुट्टा छुट्टै सहायता डेक्स स्थापना गरिएकोछ । बाहिरी जिल्लाबाट दैलेख भएर जाने वा भित्रिने सवारी साधन र यात्रुहरुको विवरण चेक गरी सोही विवरणका आधारमा विभिन्न जिल्ला वा स्थानीय तहसम्म पु¥याउने व्यवस्था मिलाइएको छ । कम्प्यूटर रेडर्कसहितको टोली राखिएको छ ।

दैलेखका विभिन्न स्थानीय तहका नागरिकहरु आउँदा सोही हेल्प डेक्समार्फत स्थानीय तहमा आएका नागरिकहरुको विवरण चेकजाँच गरी स्थानीय सरकारलाई जिम्मा लगाउने गरिएको प्रमुख जिल्ला अधिकारी कटेलले बताउनुभयो । आइतबार विहानैदेखि रोकिएका सवारी साधनहरुको विषयमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आफ्ना जिल्लाका नागरिकलाई छोडिदिन पटक÷पटक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलाई दवाव दिँदै आएका छन् ।

प्रमुख जिल्ला अधिकारीको कटेलले आफ्नो अधिकार प्रयोग गर्दै दैलेख भएर जाने बस र यात्रुहरुको टे«ेसिङ विवरण आएपछि मात्रै चेकजाँच गरेर उनीहरुलाई पठाउन सकिने अडान राखेर बसहरु रोक्नुभएको छ । यो समाचार तयार हुँदा साँझ ६ः०० बजेसम्म कहाँ कतैबाट ती यात्रुहरु कहाँबाट आएको कहाँ जाने, को हुन उनीहरुको नामावलीसहितको विवरण प्राप्त नभएको जनाइएको छ । गुराँसे टावर चेक पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक चन्द्रलाल गिरीले आएका बस र यात्रुहरुसंग गाउँपालिका÷नगरपालिकाको सिफारिस बाहेक अरु केही पनि विवरण नभएको जानकारी दिनुभयो । उहाँले भन्नु भयो ‘माथिको आदेश हजुर, विवरण नआएसम्म गाडी रोक्ने आदेश छ । गाडी र यात्रुहरुको विवरण आएपछि माथीबाट आदेश माग्छु । आदेश आए छोडिहाल्छु नि ।”

याे पनि पढ्नुहाेस :-

कर्णालीका दुई मन्त्रीलाई प्रधानमन्त्रीको हप्की !

कर्णालीमा लकडाउन खुकुलो : कृषि खुल्यो, उद्योगमा बन्दाबन्दी 

तपाईको प्रतिक्रिया