दाउरा नभएपछि ग्यास चुलो वितरण

मुगु : छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ५७ घर परिवारलाई ग्यास चुलो वितरण गरेको छ ।

गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत वडा नम्बर १३ को लापुका २५ र र लहगाउँका ३२ घरपरिवारलाई ग्यास चुलो वितरण गरिएको हो । दाउराको साह्रै समस्या हुने उक्त गाउँको एक घर एक ग्यास चुलो सहयोग गरेको नगर प्रमुख हरिजंग शाहीले बताए ।

ग्यास चुलो खरिदका लागि नगरपालिकाले ६ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ । अन्नभन्दा दाउराको चिन्ताले सधै पिरोलिने लापु र लहगाउँका नागरिक ग्यास चुलो पाएपछि खुसी भएका छन् ।

‘दाउराको समस्या थियो, दाउराको खोजी गर्दै दिन बित्ने, बालबच्चाको बिचल्ली हुन्थ्यो,’ लापु गाउँकी पाल्ती बिकले भनिन्, ‘त्यो समस्याबाट यहाँका महिलाले मुक्ति पायौं ।’  ‘आफ्नो वन नभएकाले दाउराका लागि छिमेकीको वनमा जाने गरेका थियौं,’ गोरा बिकले भने, ‘एक भारी दाउरा ल्याउन दुई दिन लगाउनुपर्ने बाध्यता थियो ।’

सहुलियतमा दिने गरिएको छ । ढुवानी जहाजबाट गर्दा यसको मूल्य १० गुणा बढी हुन्छ । कर्णाली करिडोर सडकले भने हुम्लाको विकासमा ठूलो टेवा पुग्ने भएकाले सडक निर्माणमा संघ र प्रदेश सरकारको प्राथमिकतामा तीव्र गतिमा अगाडि बढेको छ । बिहीवार जुम्ला विमानस्थलमा रहेको चामलसमेत हुम्ला सारिएको छ । प्रतिजहाजमा १३ क्विन्टल नुन ओसार्ने गरिएको सीता एयर जुम्लाका शेरबहादुर मल्लले जानकारी दिए ।

दाउरा नभएपछि  ग्यास चुलो वितरण

‘राजाले बनाएका सडकमा गुड्दैमा समृद्धि आउँदैन’

दाउरा नभएपछि  ग्यास चुलो वितरण

भेरीगंगाका पाँच स्कूलमा प्रविधिमैत्री कक्षा सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *