जाजरकोटको त्रिभुवन माविमा रकम हिनामिना

जाजरकोटको एक सामुदायिक विद्यालयमा करोडौं रकम हिनामिना भएको उजुरीपछि छानबिन थालिएको छ । नलगाड नगरपालिका–७, दल्लीमा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयका नाममा जम्मा गरिएको रकम हिनामिना भएको उजुरीपछि छानबिन थालिएको हो । जिल्ला प्रशासन कार्यालयको पत्रअनुसार नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबनि समिति बनेको थियो । उक्त समितिमा भट्टराईसँगै आर्थिक […]