भूकम्पले दरबारमा क्षति पु¥याएपछि प्रशासनद्वारा त्रिपालमा सेवा

जाजरकोटको सेतो दरबारमा गत कात्तिक १७ गते गएको भूकम्पबाट क्षति भएपछि जिल्ला प्रशासन कार्यालयको सेवा त्रिपालबाट सुरु भएको छ । प्रशासन कार्यालयमा रहेको खुला चौरमा त्रिपाल टाँगेर सेवा सुरु भइरहेको प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए । हाल सेतो दरबारबाट परिचित दुई वटा ठूला दरबार भूकम्पले छियाछिया भएपछि खुला आकाशमा सेवा प्रवाह गर्नुपरेको छ । […]

भूकम्पको पुनर्निर्माणमा ध्यान देऊ

जाजरकोटको बारेकोटलाई केन्द्र बनाएर भूकम्प गएको धेरै समय भयो । विभिन्न सहयोगी दाताहरुले आफ्नो सक्दो आर्थिक, भौतिक नैतिक र पुनर्निर्माणमा समेत सहयोग गरे । सरकारले प्रभावित क्षेत्रका नागरिकको लागि भनेर सुरक्षित आवास निर्माणमा केही आर्थिक सहयोग समेत घोषणा ग¥यो । एकद्धार प्रणाली मार्फत राहत वितरण गर्ने भनेर सरकारले निर्णय पनि ग¥यो । र सोही अनुसार […]

कर्णालीको आपतविपद्को सारथी बन्दै नेपाली सेना

संविधानले दिएका अभिभारा पुरा गर्दै प्राकृतिक विपद्जन्य घटनाको समयमा खोज, उद्दार, राहत तथा नागरिक सहायतालगायत मानविय कार्यमा नेपाली सेना सधैं तयारी अवस्थामा रहन्छ । १७ कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको समयमा अग्रपंक्तिमा रहेको सेनाले प्रभावकारी मानविय उद्दारमा खटिएको जनाएको छ । उक्त भूकम्पमा परी घाइते भएका ३३ जनाको हवाई उद्दार गरी सुर्खेत र नेपालगन्जस्थित […]

भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै

भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले जानकारी दिए । भेरी र नलगाड नगरपालिकामा तालिमको काम भइसकेको […]

थात थलो छोडेका भुकम्प पिडितलाई जीवन धान्न गाह्रो

एक महिना अगाडी जाजरकोट भेरी नगरपालिका–१ रिम्नाको शहिद पार्क प्राङगण भूकम्प पिडित खचाखच भरिएको थियो । ओहोर दोहोर गर्न समेत ठाउँ थिएन । विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थाले पिडित परिवारका लागि अस्थायी टहरा लताकपडा भाडाकुँडा सहयोग दिएर त्यो ठाउँ छोडी सबै आ–आफ्नो ठाउँमा बसाई सारे । तर भुकम्प गएको तीन महिना वितिसक्दा सोही शहिद […]

चिसोले कष्टकर जीवन बिताउँदैभूकम्प पिडित

कार्तिक १७मा जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट,सल्यान, पश्चिम रुकुमबासी यतिवेला त्रिपालमुनि कष्टकर जीवन बिताउँदै आएका छन् । तीन महिना बितिसक्दा अस्थायी टहरा समेतको व्यवस्था नहुँदा अधिकाँश भूकम्प पिडित खुल्ला आकाशमुनी त्रिपालभित्र कष्टकर जीवन बिताई रहेका छन् । चिसोले गर्दा बृद्धबृद्धा,गर्भवती महिला,सुत्केरी,बालबालिका बढी प्रभावित भएका छन् । चिसोले गर्दा नै भूकम्पपछि २ जना […]

जाजरकोटका भूकम्पपीडितलाई न्यानो सहयोग

गत कात्तिक १७ गते गएको भूकम्पका कारण क्षति पुगेको जाजरकोट भेरी नगरपालिका–२ पोख्राका बासिन्दालाई डस्ना, ब्ल्याङ्केट लगायतका सामान हस्तान्तरण गरिएको छ । प्रारम्भ नेपाल नामक सामाजिक संस्थाले भूकम्पपीडितलाई जाडोबाट जोगिन न्यानो, डस्ना, ब्ल्याङ्केट, सिरानी लगायतका सामान हस्तान्तरण गरेको हो । उक्त नगरपालिकाका बासिन्दालाई सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, नेपाल पत्रकार […]

जाजरकोट भूकम्प: रुकुम पश्चिममा २९ हजार लाभग्राहीले पाए पहिलो किस्ता

जाजरकोट भूकम्पबाट पीडित रुकुम पश्चिमका २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार कूल ३१ हजार ६ सय २० लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम निकासा भइसकेको छ । जिल्लाका छवटै पालिकाका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ताबापत २५ […]

जाजरकोट भूकम्पः घर बनाउने पुरुष जेलमा, विचल्लीमा परिवार

१७ कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले घरमा क्षति पुगेपछि जाजरकोट र रुकुम पश्चिममा ठुलो संख्यामा नागरिकहरु त्रिपालमुनिको कष्टकर जीवन बिताउन बाध्य छन् । भूकम्प प्रभावित क्षेत्रनलगाड नगरपालिका–९, जाजरकोटका एउटै वडाका २० जना कमाउने मुख्य अभिभावकहरुको बास नै विगत तीन बर्षयता जेलमा भएपछि परिवारको बिचल्ली भएको छ । भूकम्पले घर बस्न नमिल्ने बनाएको छ, तर, […]

भूकम्प प्रभावित क्षेत्रकाे पुनर्निर्माणमा संघीय सरकार नै बाधक

१७ कार्तिकमा १ सय ५४ जनाको ज्यान जाने गरी जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प १७ माघमा ३ महिना पुग्दैछ । उक्त घातक कम्पनमा परी ६५ हजारभन्दा बढी घरहरु बस्न नमिल्ने गरी भताभुङ्ग भएको अवस्था छ । भूकम्प गएको लामो समयसम्म पनि झण्डै ३ तिहाइ नागरिक त्रिपालको बासमा कष्टकर जीवन बिताइ रहेका छन् । भूकम्प प्रभावित […]

भूकम्प पीडितलाई एनआरएनको सवा करोड सहयोग

जाजरकोट र रुकुममा गएको विनाकारी भूकम्प पीडितलाई दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिलगायतबाट संकलित करिब एक करोड २४ लाख रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरिएको जनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आफ्नो कार्यकाल ९० दिन पूरा गरेको अवसरमा […]

३२ हजार भूकम्पपीडित अझै त्रिपालमै

रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म जाजरकोटका २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । ४२ हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालय निकालेको विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका […]

जाजरकोट भूकम्प: प्रभावित लाभग्राहीको संख्या झन्डै ८० हजार पुग्यो, ५५ हजार परिवार अझै त्रिपालमुनि

जाजरकोट भूकम्पका प्रभावित लाभग्राहीको संख्या झन्डै ८० हजार पुगेको छ । पालिकाले थप तथ्यांक पठाएपछि लाभग्राहीको संख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निजी आवास तथा पुनर्निर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । सरकारले लाभग्राहीका लागि अहिलेसम्म दुई अर्ब २६ करोड रुपैयाँ निकासा गरेको छ । केन्द्रबाट […]