थात थलो छोडेका भुकम्प पिडितलाई जीवन धान्न गाह्रो

एक महिना अगाडी जाजरकोट भेरी नगरपालिका–१ रिम्नाको शहिद पार्क प्राङगण भूकम्प पिडित खचाखच भरिएको थियो । ओहोर दोहोर गर्न समेत ठाउँ थिएन । विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थाले पिडित परिवारका लागि अस्थायी टहरा लताकपडा भाडाकुँडा सहयोग दिएर त्यो ठाउँ छोडी सबै आ–आफ्नो ठाउँमा बसाई सारे । तर भुकम्प गएको तीन महिना वितिसक्दा सोही शहिद प्राङगणमा ४२ बर्षिया देवी पुन बोहरा सहित अन्य दुई परिवारले अझै पनि त्रिपालमुनि कष्टकर जीवन बिताईरहेका छन् ।

बोहरा तीन बर्षिया नातिनीसहित आजभोली त्रिपालमुनि चिसो रात काट्न बाध्य छन् । बोहराका तीन छोरी सहित पाँच जना परिवार छ । बारेकोट गाउँपालिका–४ घर भएकी बोहरा परिवार व्यापार व्यवसाय गर्न १८ बर्ष अघि भेरी नगरपालिका–१ रिम्नामा झरेका थिए ।‘बारेकोट सधै जसो अनिकाल हुने,खान लाउन नपुग्ने हुनाले व्यापार व्यवसाय गर्न यहाँ आएका हौं । यतै बसेर व्यापार व्यवसाय गरेर गुजारा गरिरहेका थियौं तर भुकम्प सबै तहस नहस पारिदियो । हामी त कोठा भाँडा लिएर बसेका थियौं’उनले भनिन् ।

बोहराको भन्दा फरक छैन शहिद पार्कमा त्रिपालमुनि रात कटाई रहेकी ४१ बर्षिया मनिषा चलाउनेको । २०६० सालमा साविकको साक्ला २ बाट दुई बुढाबुढीसहित मजदुरी गर्न श्रीमान् सहित चलाउने रिम्नामा कोठा भाँडा लिएर बसे । तर उनका श्रीमान पनि ६ बर्षदेखी सम्र्पकमा छैनन् । ठुली भेरिको किनारामा ५ जना छोरीसहित गुजारा चलाउँदै आएकी थिईन ।

भूकम्पका बेला चलाउने भने छोराछोरीलाई घरमै छोडेर पैसा कमाउन भारतको रुरुमा पुगेको बताईन । उनले भनिन,‘भुईचालो आएका बेला म भारतमा थियाँ । तीनदिन पछि आईपुगे । भाँडामा बस्दै आएको कोठा भत्कियो । गाउँलले छोराछोरीलाई खाने कुरा दिए । त्यो बेला सन्तान भेटिए होइजाला जस्तो लाग्थ्यो । तर आजभोली हामी माथि गरेको यस्तो व्यवहार र कष्टकर जीवनयापन देख्दा मर्न पाए हुने जस्तै मन उराठ लाग्दो भएको बताईन । अस्थायी घरटहराका लागि चलाउनेले प्रहरी कार्यालय,वडाकार्यालय पटक पटक धाईन । कसैले पनि उनका पिडा बुझेनन् ।’

त्यसैगरी सोही ठाउँमा बस्दै आएकी अर्की ६७ बर्षिया जयरुपा बोहरालाई भूकम्प पीडितको सरकारी वा गैरसरकारी तथ्यांकले समेत समेट्न सकेन । बाध्य भएर खुल्ला आकाशमुनि बास बिताउनु परेको छ । राहत र पुर्नबासको अस्थायी टहरा पाउनका लागि गरेको संघर्ष खेर गरेको बताईन ।

१४ बर्ष अघि जमिन जग्गा बाढीपहिरो बगाई दिएपछि श्रीमान् काली बोहरा सहित रिम्नामा भाँडामा बस्दै आएका थिए । उनले भनिन,‘भाँडामा बस्दै आएको घर भत्कियो । हामीसँग त शिर छोप्ने पाल बाहेक अरु केही छैन । जग्गा नहुँदा आफुले अस्थायी टहरा नपाएको दुखेसो पोख्दै उनले भनिन् हामी त अनागरिक रहेछौं । हाम्रा पिडा सुनिदिने कोही छैनन ।’

सरकारी तथ्यांकमा समेत घरबार जग्गा जमिन नभएकाहरुलाई कसरी सरकार छ भन्ने अनुभुति दिलाउन स्थानीय सरकार, जिल्ला विपद समितिसँगै कुनै योजना नहुँदा बोहरा, पुन चलाउने जस्ता कति भूकम्प पिडितले कति पिडा भोग्नु परेको होला । सरोकारवाला निकायले तत्काल घरवार बिहिन र जग्गा जमिन नभएका भूकम्प पिडितको लगत संकलन गरी अस्थायी टहरा व्यवस्था गरिदिए सरकार भएको अनुभुति ती नागरिकले पाउँने थिएकी ?

थात थलो छोडेका भुकम्प पिडितलाई जीवन धान्न गाह्रो

वीरेन्द्रनगरका खोला, खोल्सा भूमाफियाको कव्जामा

थात थलो छोडेका भुकम्प पिडितलाई जीवन धान्न गाह्रो

विदेशको सीपमा ’अर्गानिक स्वाद’ खुवाउदैः चित्र