दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ […]

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त

जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए । कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम […]

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चीनबाट सामानहरू आउन थाले

दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा हुन लागेको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चीनबाट सामानहरू आउन थालेका छन् । २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्वेको कामका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएको ठुला उपकरणहरु आउन थालेको हो । ड्रिलिङ सर्वेको लागि ल्याइने ठुला उपकरणहरु राख्ने पाउण्डेशन तयारी भईसकेको छ । मेशिन […]

दैलेख पेट्रोल अन्वेषण: रुपैडिया नाकाबाट हिँडेका पहिलो लटका तीनवटा ट्रक सुर्खेतमा

दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट हिँडेका पहिलो लटका तीनवटा ट्रक सुर्खेत पुगेका छन् । शनिबार साँझ वा आइतबार बिहानसम्म ती ट्रक दैलेख पुग्ने तयारीमा रहेको खानी तथा भूगर्भ विभागका प्रमुख दिनेश नापितले जानकारी दिएका छन् । रुपैडिया नाकामा करिब एक सय ५० भन्दा बढी ट्रक आइसकेको र धमाधम ट्रकहरू दैलेख […]

दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण रुपैडिया नाकामै थन्किए

पेट्रोलियम पदार्थको अन्वेषण गर्न ल्याइएका ड्रिलिङ मेसिनहरू नेपालगन्जको रुपैडिया नाकामा थन्किएका छन् । चीनबाट भारतको कोलकाता हुँदै बुधबार रुपैडिया नाकामा पुगेका १० ट्रक सामान भन्सार छुटको पत्र नभएपछि नाकामै रोकिएका हुन् । खानी तथा भूगर्भ विभाग कार्यालयले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा अलपत्र परेको बताएको छ । माघ २१ […]

दैलेखमा पेट्रोलियम पदार्थ भए–नभएको पुष्टिको लागि ‘ड्रिलिङ’को काम हुँदै

दैलेखमा पेट्रोलियम पदार्थ भए–नभएको पुष्टिको लागि ‘ड्रिलिङ’को काम भइरहेको छ । २०७६ साल असारबाट सुरु भएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा छ । तीन वटा चरणमा सम्पन्न गर्ने भनिएको अन्वेषण अन्तर्गत अन्तिम चरणको काम धमाधम भइरहेको हो । अब हुने भनेको ‘ड्रिलिङ’को काम हो । यो भनेको ग्यास र पेट्रोलियम पदार्थ छ वा छैन, […]

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान शुरु

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान शुरु भएको छ । भैरवी गाउँपालिका–१, जलजलेमा रुख कटान शुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि शुरु गरेको छ । प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प निर्माणलगायतका अन्य काम अघि बढाएको खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण प्रर्वद्धन आयोजना प्रमुख दिनेशकुमार नापितले बताए । विभाग र […]