मौरीघारमा भालु आतंक, जुम्ली किसान चिन्तत
भालुले मौरीघारहरूमा क्षति पु¥याउन थालेपछि जुम्लाका मौरीपालक किसानहरू मारमा परेका छन् । भालुबाट मौरी बचाउन कठिन भइरहेको उनीहरूको दुःखेसो छ । जुम्लाको चन्दननाथ नगरपालिका–२ खोलिकोट गाउँका रामकृष्ण बुढ्थापाले दुई वर्षमा १३ वटा घार भालुले खाइदियो बताए । अब अहिले उनीसँग एक मात्र घार छ । त्यो घार पनि भालुबाट बचाउन कठिन भएको उनको गुनासो छ […]




