टहरा बनाउँदै विभिन्न पार्टीका कार्यकर्ता

भूकम्पबाट भत्किएका घर पन्छाउन र अस्थायी टहरा बनाउन राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिएका छन् ।

युवा संघको टोली वडा–वडामा पुगि निर्माणको काम गर्दै

यसै क्रममा गण्डकी र लुम्बिनी प्रदेशबाट जिल्लामा आएको टोली वडा वडामा विभाजन भएर उद्धार, अस्थायी आवास निर्माणको काममा लागेको हो ।

भूकम्पपीडितलाई लत्ताकपडा सहयोग

सो गाउँपालिकाले लत्ताकपडा कर्णाली प्रदेश सरकारको आर्थिक मामिलामन्त्री वेदराज सिंहलाई हस्तान्तरण गरेको हो ।

त्रिपालमा रात काट्दाँ चिसो सँगै सर्पको डर

एकै घरमा बस्दै आएका छोराबुहारि, सासुससुरा, जेठाजुबुहारि एकै त्रिपालमा बस्न बाध्य छन् ।

अस्थायी संरचना बनाई पढाइ सुरु गर्ने तयारी

रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याएपनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ ।

मङ्सिर सात भित्र भूकम्पको क्षतिको विवरण सङ्कलन गर्न पालिकालाई निर्देशन

बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्न बैठकले निर्देश गरेको हो ।

केसि सहितको टिम भूकम्प प्रभावित क्षेत्रमा अस्थाई घर निर्माणमा जुट्यो

भूकम्पबाट छेदविच्दे रहेका घरहरुको सर सामान हटाउने र उत्खनन गर्ने काम लागेको टोलिका अगुवा केसीको भनाइ रहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पठनपाठन सञ्चालनको तयारी

भूकम्पले विद्यालयका भवन मात्र होइन घेरावार, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा ल्यावहरुमा समेत असर पु¥याएको छ । भूकम्पका कारण ४३ विद्यालयको घेरावारमा पूर्ण क्षति पुगेको छ भने ६१ मा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।

भूकम्प पीडितका लागि जुम्लाका सात स्थानीयले गरे ३६ लाख बढी सहयोग

स्थानीय तहहरुले भूकम्पले प्रभावित जाजरकोट र रुकुमपश्चिमको राहत तथा पुनःस्थापनका लागि सहयोग पुग्ने भन्दै आ–आफ्नो स्थानीय तहले सहयोग रकमको घोषणा गरेका हुन् ।

चिसोले थप तीन जना भूकम्पपीडितको मृत्यु, मृतकको संख्या १० पुग्यो

चिसोका कारण जाजरकोटमा थप तीन जना भूकम्पपीडितको मृत्यु भएको छ ।

भूकम्प प्रभावित क्षेत्र तत्काल पुनर्निर्माण गर्नुपर्छ !

भूकम्प पछिको समयमा अहिले यस घटनाले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धाहरु थप पीडामा पर्न थालेका छन् । असुरक्षित तवरमा पालको वास र चिसो मौसमका कारण उनीहरुमा निमोनिया तथा पानीबाट सर्ने रोगहरुको जोखिम बढेको छ ।

सल्यानमा बरन्डा र खुला चौरबाट स्वास्थ्य सेवा

पक्की भवन चर्किएर बस्न नमिल्ने भएपछि स्वास्थ्यकर्मी बरन्डा र खुला चौरबाट सेवा दिन बाध्य भएका हुन् ।