रकम वितरणमा एक महिना लाग्ने भन्दै बैकले सुचना गरेपछि भूकम्पपिडित आक्रोशित

अस्थायी आवासको रकम भुक्तानी सम्बन्धमा शिवालय गाँउपालिकामा रहेको एक मात्र हिमालयन बैक लिमिटेडले आइतवार एक सार्वजनिक सुचना प्रकाशित गरेको थियो । उक्त सुचना अनुसार भूकम्प पिडितको अस्थायी आवासको पहिलो किस्ता रकम भुक्तानी लिन अझै करीब एक महिना कुर्नु पर्ने थियो । सरकारले भूकम्प पिडितलाई अस्थायी आवासका लागि दिने भनेर पालिकाको खातामा पठाएको रकम पाएपछि अस्थायी […]

जुम्लामा विपद्मा प्रयोग हुने उद्वार सामाग्रीको प्रदर्शनी

भुकम्प पछि वा विपतको समयमा कसरी बच्ने र उद्दारमा प्रयोग आवश्यक सामग्रीको बिषयमा जुम्लामा प्रर्दशनी गरिएको छ । जिल्ला विपत व्यवस्थापन समितिको आयोजनामा जिल्लाका सुरक्षा निकायले भुकम्पको समयमा प्रयोग हुने उद्दार सामग्रीको बिषयमा स्थानीय तथा सरोकारवाला निकायको सहभागितामा प्रर्दशनी गरिएको हो । नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीले भुकम्पको समयमा आवश्यक प्रयोग हुने विभिन्न […]

रुकुमपश्चिममा अस्थायी आवासका लागि ७० करोड ८९ लाख निकासा

रुकुमपश्चिममा भूकम्पपीडितहरूको अस्थायी आवास निर्माणका लागि हालसम्म ७० करोड ८९ लाख ५० हजार रुपियाँ निकासा भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले दिनुभएको जानकारीअनुसार हालसम्म २८ हजार ४३ जना लाभग्राहीको लागि पहिलो किस्ताबापतको […]

सम्पादकीय :भूकम्पीय सुरक्षा सचेतना दिवसमै सीमित नगरौं

आज २६ औं भूकम्प सुरक्षादिवस । वि.सं. १९९० साल माघ २ गतेका दिन २ः२४ मिनेट जाँदागएको महाभुकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रालयको संयोजकत्वमा २०५५ साल देखि हरेक वर्ष आजको दिनलाई भुकम्प सुरक्षादिवसको रुपमामनाउनथालिएको हो । आज हरेक जिल्लामाजिल्लाप्रशासनकार्यालयको संयोजनमा र स्थानीयतहहरुमाविभिन्नजनचेतनामुलककार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालमा ठूला भूकम्प र त्यसपछिका पराकम्पजाने सिलसिला रोकिएको छैन् […]

त्रिपालले चिसो नछेकेपछि चर्किएको घरमा सर्दै भूकम्पपीडित

भूकम्पले घरमा क्षति पुगेपछि जाजरकोटको छेडागाड नगरपालिका १३ का पदमबहादुर बस्नेतको परिवार त्रिपालमा सरेको दुई महिना बितिसकेको छ । तर, अहिलेसम्म पनि उनको परिवार त्रिपालबाट अस्थायी आवासमा सर्न सकेको छैन । सरकारले अस्थायी आवासका लागि दिने भनेको रकम देला र टहरा बनाउला भनेर कुर्न थालेकै दुई महिना भइसक्यो । अहिलेसम्म अस्थायी आवासका लागि पहिलो किस्ताकै […]

भूकम्पपीडितलाई सुबिसुले दियो सोलार बत्ती

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले जाजरकोटका भूकम्पपीडितलाई सोलार बत्ती सहयोग गरेको छ । कम्पनीले स्थापनाको २३औँ वार्षिकोत्सव मनाउँदै भूकम्पबाट प्रभावित विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने गरी दुई सय परिवारलाई ब्याकअपसहितका सोलार बत्ती वितरण गरेको हो । भूकम्पपश्चात् पीडितले भोग्नुपरेको विशेष समस्यालाई सम्बोधन गर्ने गरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ । वितरण गरिएका सोलार बत्तीले रातको समयमा अध्ययन […]

सम्पादकीय – पुनःनिर्माणमा उदेकलाग्दो लापरबाही

कात्तिक १७ गते मध्यराती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भूकम्प गएको दुई महिना पुरा भएको छ । भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकले भने हिउँदको सिरेटोमै त्रिपालमुनी कष्टकर जीवन बिताइरहेका छन् । हिउँदमा सित परिरहन्छ । अझ मौसम परिवर्तन भयो भने उच्च भागमा हिउँ पर्ने अवस्था छ । अर्थात जाजरकोटको माथिल्लो भागमा हिउँ पर्छ […]

भूकम्प पीडितलाई नेशनल लघुवित्तको ५० लाख सहयोग

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । मानविय सहायताअन्तर्गत वित्तीय संस्थाले पश्चिमका भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग प्रदान गरेको हो । संस्थाले सल्यानको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरुका लागि गाउँपालिको विपद कोषमा चार लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बागचौर शाखाअन्तर्गत वित्तीय संस्थामा आवद्ध ६ […]

जुम्लाका दुर्गम गाउँमा बन्दै भूकम्प प्रतिरोधी विद्यालय

जुम्ला । जुम्लाका दुर्गम गाउँमा भूकम्प प्रतिरोधी विद्यालय भवनहरु बनाउन थालिएको छ । पछिल्लो समय बारम्बार भूकम्पले तर्साइरहने र कच्ची भवनहरु भत्किएर ठुलो क्षति हुन थालेपछि नयाँ बन्ने भवनहरु भूकम्प प्रतिरोधी बनाउन थालिएको हो । हालै हिमा गाउँपालिकामा दुई, सिंजा गाउँपालिकामा एक र कनकासुन्दरी गाउँपालिकामा दुई वटा विद्यालय भवन बनेका छन्, ती सबै भवनहरु भूकम्प […]

भूकम्पबाट क्षति २५ हजारबढी अस्थायी आवास निर्माण

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा तिव्रता दिइएको छ । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त जिल्लामा १५ हजार ४०३ अस्थायी आवास निर्माण भएका छन् भने रुकुम पश्चिममा १० हजार ४२३ अस्थायी आवास निर्माण भएका छन् । जाजरकोटमा १० हजार ३०५ आवास निर्माणको अन्तिम चरणमा पुगेका छन् । गत कात्तिक १७ गते गएको भूकम्पबाट २६ […]

त्रिपालमुनिको बसाइ कठिन

गत कार्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको मंगलवार दुई महिना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिमसहित पाँच जिल्लाका ५९ हजार एक सय ६२ परिवार भूकम्पबाट घरबार विहीन बनेका छन् । त्रिपाल मुनि बसेकाहरूलाई चिसो छेक्नका लागि न्याना […]

भूकम्प प्रभावित क्षेत्रमा औषधी अभाव

भूकम्प प्रभावित जाजरकोटको जुनीचाँदे गाउँपालिकामा औषधी अभाव भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन् । औषधी […]

भूकम्पपीडितका ११ हजार घर निर्माण

जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये कंगलवारसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् । अहिले धमाधन अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको […]