‘भूकम्प प्रभावित जिल्लाहरूमा सरकारी संरचना निर्माण कार्य छिट्टै सुरु हुन्छ’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भूकम्प प्रभावित जिल्लाहरूमा सरकारी संरचना निर्माण कार्य छिट्टै सुरु गरिने बताए । सोमवार जाजरकोट सदरमुकाममा भएको पत्रकार भेटघाटमा उनले परिवर्तित परिस्थितिमा जनताले नयाँ किसिमको कार्यसम्पादन खोजिरहेकाले जिम्मेवारी सम्हाल्ने सबैले जनताको चाहना बुझेर काम गर्नसमेत आग्रह गरे । मुख्यमन्त्री कँडेलले सरकारले योजनाको लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य […]




