दीपेन्द्रले ७ विकेट लिएपछि पुलिसले सुदूरपश्चिमलाई सहजै हरायो

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ७८ रनले हरायो । पुलिसले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७ ओभर १ बलमा १ सय २० रनमा अल आउट भयो । सुदूरपश्चिमका गजेन्द्र बोहराले सबैभन्दा धेरै ३० रन बनाए । पुलिसका कप्तान […]

सुदूरपश्चिमको लगातार दोस्रो जित

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले कर्णालीलाई एक सय ३४ रनको फराकिलो अन्तरले पाखा लगाएको हो । सुदूरपश्चिमले दिएको दुई सय ७८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ३७÷२ ओभरमा एक सय ४३ रनमा समेटिएको हो । कर्णालीका लागि दिवान पुनले ३८, अर्जुन घर्तीले […]