पत्रकार महासंघ जुम्लामा पुस्तकालय किताव अभियान शुरु
नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कर्णाली क्षेत्र र नेपालभरी पाईने महत्वपूर्ण कितावहरु राख्ने उद्देश्यले महासंघ भित्रै पुस्तकालय स्थापना गरेको हो।पत्रकार महासंघ जुम्लाको पहलमा कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको सहयोगमा ९२ वटा पुस्तक पहिलो चरणमा चन्दननाथ नगरपालिका मार्फत खरिद गरिएको छ । […]




