पक्की पुल शिलान्यास

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाडमा पक्की पुल शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले पक्की पुलको शिलान्यास गरे । छलगाडमा बन्ने पक्की पुलको शिलान्यास गर्ने क्रममा उनले पुल निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए  । प्रदेश सरकारको प्रमुख प्राथमिकतामा भेरी कोरिडोरको स्तरोन्नति साथै पक्की […]

पेडारी खोलामा पक्की पुल निर्माण

कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ । २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो । नयाँ पुल बनेपछि कोहलपुर र बैजनाथका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सजिलो हुने छ । जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तराम चौधरीले नयाँ पुल बनेपछि बालबालिकालाई विद्यालय आवतजावत गर्न सजिलो हुने […]

सल्ली खोलामा बनेको पुल प्रयोगविहीन

सिमकोट हिल्सा सडकखण्डको सल्ली खोलामा पक्की पुल बने पनि प्रयोगमा आउन सकेको छैन । पुलको किनारामा ग्याविन भरेर सडकलाई केही उचाई दिनका लागि बजेटको कमी भएका कारण निर्माण हुन नसक्दा निर्माण कार्य पूरा भएको पुल सञ्चालन आउन नसकेको हो । पुल निर्माण कम्पनी स्वच्छन्द कङ्ग्री निर्माण जेभीका प्रतिनिधि छिरिङ लामाले गत मङ्सिर महिनामा निर्माण कार्य […]

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण

कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन् । आठदेखि दश महिनाको अवधिमा करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १२३ किलोमिटरमा १६ पक्की पुल निर्माण सम्पन्न भएका खुलालु सलिसल्ला सडक आयोजना कार्यालयले जनाएको छ […]

पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज

पश्चिम सुर्खेतको घाटगाउँ–गुटु सडकखण्डको झ्यानझ्याने खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा पक्की पुल बनेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई जुनसुकै बेला यात्रा गर्न सहज भएको हो । झ्यानझ्याने खोलामा पक्की पुल निर्माण भएपछि घाटगाउँ–गुटुको दुरी समेत छोटिएको छ । अन्तरप्रदेशीय सडकका लागि महत्वपूर्ण मानिएको घाटगाउँ–गुटु […]